६ जेष्ठ २०८१, आईतवार

 

एकता सहकारीको २१ औं साधारणसभा सम्पन्न

एकता सहकारी संस्था लिमिटेडको २१ औं साधारणसभा सम्पन्न भएको छ ।साधारण सभाको राष्ट्रिय सहकारी महासंघको केन्द्रीय उपाध्यक्ष ओम देवी मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

साधारण सभामा राष्ट्रिय सहकारी बैंकको केन्द्रीय सदस्य रामबहादुर जिसी ,बागलुङ बहुउद्देश्यीय सहकारीको अध्यक्ष अशोक गोविन्द राजभण्डारी ,एकता सहकारीको पूर्व अध्यक्ष कृष्ण शंकर श्रेष्ठ ,शेयर सदस्य विर बहादुर किसान ,एकता सहकारीको कानुनी सहल्लाहकार काजी गाउँले श्रेष्ठ,एकता सहकारीको संरक्षक सदस्य देव बहादुर श्रेष्ठ र राष्ट्रिय सहकारी महासंघको केन्द्रीय उपाध्यक्ष ओम देवी मल्लले मन्तव्य राखेका थिए ।

कार्यक्रममा एकता सहकारीको सचिव महेशचन्द्र प्रधानले आर्थिक वर्ष २०७५ ,७६ को प्रगति प्रतिवदेन तथा आर्थिक वर्ष २०७६,२०७७ को प्रस्तावित कार्यक्रम ,एकता सहकारीको कोषाध्यक्ष सुरेन्द्र जंग राजभण्डारीले आर्थिक वर्ष २०७५ ,२०७६ को वार्षिक आर्थिक प्रतिवदेन र आर्थिक वर्ष २०७६ ,२०७७ को प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने लेखा समितिको संयोजक लक्ष्मण प्रसाद शर्माले लेखा समितिको प्रतिवदेन प्रस्तुत गरेका थिए ।

साधारणसभा एकता सहकारीको अध्यक्ष ध्रुव प्रसाद शर्माको अध्यक्षता ,स्वागत उपाध्यक्ष भूपेन्द्र बहादुर केसी र संचालन सचिव महेशचन्द्र प्रधानको गरेका थिए ।विसं २०५६ सालमा ३२ जना शेयर सदस्यहरुको सहभागितामा बागलुङ नगरपालिका वडा नं ३ लालिगुराँस चोकमा एकता सहकारी संचालनमा आएको थियो ।

त्यति बेला शेयर पूँजी १ लाख ३५ हजार रहेको थियो ।यो वर्ष सहकारीले एक अरब तीन करोड एकत्तर लाख बयासी हजार चार सय अठासी पैसाको कारोबार गरेको छ ।

अहिले बागलुङ नगरपालिका वडा नं २ को आवारोडमा आफनै भवनबाट कारोबार गरी रहेको एकता सहकारीको कुल शेयर पूँजी ७ करोड ३ लाख ४७ हजार रहेको छ भने शेयर सदस्य ८ सय २९ जना पुगेको एकता सहकारीको प्रबन्धक दिपक जंग राजभण्डारीले जानकारी दिए ।हाल ११ जनालाई सहकारीले रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्