६ जेष्ठ २०८१, आईतवार

 

किसानलाई भुक्तानी नदिने अन्नपूर्ण मिलका सञ्चालक काठमाडौंबाट पक्राउ

किसानलाई भुक्तानी नदिएपछि पक्राउ परेका अन्‍नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले आज सर्लाही पठाइँदैछ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अग्रवालविरुद्ध ठगी मुद्दामा उजुरी दर्ता छ ।

सर्लाही प्रहरीले खोजीका लागि आग्रह गरेपछि त्रिपुरेश्वर घरमै पुगेर अग्रवाललाई बुधबार साँझ पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियाे  । राकेशको स्वामित्वमा रहेको इन्दिरा सुगर मिल नवलपरासीको प्रतापपुरमा छ ।

अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज सर्लाही जिल्लामा छ । पक्राउ गरिएका उनलाई आवश्यक कारवाहीका लागि जिप्रका सर्लाही पठाउने एसएसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्