३ श्रावण २०८३, आईतवार

 

प्रमुख जिल्ला अधिकारी रिजालको विदाई

बागलुङ । जिल्ला प्रशासन कार्यालय, बागलुङबाट जिल्ला प्रशासन कार्यालय, बाँकेमा सरुवा भई जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई विदाई गरिएको छ ।

बागलुङ जिल्लामा रहदा जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह र विकास निर्माण कार्यमा गर्नुभएको सहजिकरण साथै समग्र जिल्लाको जिल्ला सुरक्षा समितिको अध्यक्ष भई गर्नुभएको नेतृत्व सकारात्मक रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताउनु भयो ।

आफनो बागलुङ बसाईको क्रममा समन्वय र सहयोग गर्नु हुने सबैलाई रिजालले धन्यवाद दिनु भएको थियो ।

बाँके जिल्ला प्रशासन कार्यालयमा सरूवा हुनु भएका रिजाल आजै जिल्लाबाट आफ्नो कार्यक्षेत्रमा हाजिर हुन जानु भएको छ ।

रिजाललाइै गृह मन्त्रालयले ८ महिनाअघि बागलुङको प्रमुख जिल्ला अधिकारीमा सरूवा गरेर पठाएको थियो । बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा नेत्रप्रसाद सुवेदीलाई पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung