५ जेष्ठ २०८१, शनिबार

 

‘जुन व्यवसाय गरे पनि ग्राहकको विश्वास जित्न सक्नुपर्छ’

सानै उमेरदेखि राजनीतिसँगै व्यवसायमा लागेका अर्जुन चोखाल अहिले स्थापित व्यवसायीका रूपमा चिनिन्छन् । काठमाडौंमा व्यापार राम्रो नभएपछि उनी राजनीतितिर मोडिएका थिए ।

दसवर्षे सशस्त्र द्वन्द्वमा जेलनेल पनि भोगे । पछि फेरि व्यवसायलाई निरन्तरता दिएका उनी अहिले होटलबाट राम्रो आम्दानी गरिरहेका छन् । अब बागलुङमा थप सुविधासम्पन्न होटल चलाउने योजनामा छन् । व्यवसाय र राजनीतिमा केन्द्रित रहेर चोखालसँग गरिएको कुराकानी :

व्यवसाय कसरी सुरु गर्नुभयो ?
नेपाल जडीबुटी केन्द्र नामक संस्था स्थापना गरेर २०५२ सालबाट व्यवसायमा लागेँ । हरिप जडीबुटी सप्लायर्स थियो । जडीबुटी संकलन, पहिचान र त्यसको संवर्धन गर्दै जाँदा २०५६ सालमा फेरि ४ जना मिलेर स्वाभिमान ऊर्जा विकास कम्पनीमार्फत सोलारको बिजनेस पनि सुरु ग¥यौं ।

२०६५ सालमा मैले होटल खोलेँ । पाहुनालाई सफा कोठामा म्याटे«स र सेता तन्ना बिछ्याएर सुताउनुपर्छ भन्ने कुराको सुरुवात गराएँ ।

त्यसमा राज थापा, हिरा केसी, वैकुण्ठ शर्मा र म थियौं । तर संकटकालको अवस्थामा व्यापार–व्यवसाय पनि जोखिमबाट मुक्त थिएन । त्यसमाथि तत्कालीन विद्रोही धारतिर समर्थन भएकाले त्यो व्यवसायलाई हामीले बिट मार्ने प्रयास गरियो ।

२०५९ सालमा द्वन्द्व चर्किंदै थियो । तीन जना साथीहरू मिलेर ठमेलमा फ्लोरेट भन्ने होटल खोल्यौं । द्वन्द्व थप उत्कर्षमा पुगेपछि विदेशीहरू आउन छाडे । हामीले त्यहाँ घाटा बेहोर्नु प¥यो । २०६३ सालमा यसअघि गरेका व्यवसाय सफल नहुँदा म सडकमा आइपुगेँ । धेरै साथीहरू वैदेशिक रोजगारीमा गए । तर मलाई विदेश जान मन लागेन ।

तत्कालीन माओवादीमा आस्था राख्ने भएकाले जनयुद्धमा ज्यान जोखिममा प¥यो । पार्टीकै कार्यक्रमको प्रचार गर्दागर्दै २०५६ सालमा जेल परेँ । २०६३ सालमा काठमाडौं पूर्ण रूपमा छाडेपछि म बागलुङ फर्किएँ । तर अब के व्यवसाय गर्ने भन्ने कुराले मलाई सोचमग्न बनयो । बागलुङमा साँच्चै भन्नुपर्दा खाटमाथि गुन्द्री र तन्ना बिच्छ्याएर पाहुना सुताउने चलन थियो ।

२०६५ सालमा मैले होटल खोलेँ । पाहुनालाई सफा कोठामा म्याटे«स र सेता तन्ना बिछ्याएर सुताउनुपर्छ भन्ने कुराको सुरुवात गराएँ । व्यवसायमा ३६ लाख डुबाएको मान्छेले ठमेलमा सिकेका कुरालाई बागलुङमा आएर व्यवहारमा उतारेँ । त्यसपछि म पछि फर्कनुपरेको छैन ।

आफूलाई कस्तो व्यवसायीका रूपमा चित्रण गर्नुहुन्छ ?
समग्र नेपालको कुरा गर्दा म सानो व्यवसायी हुँ । तर गण्डकी प्रदेशको हिसाबले हेर्दा आफूलाई स्थापित व्यवसायीका रूपमा चित्रण गर्छु । ०६५ मा खोलेको होटलले तीन–चार वर्षमा निकै पिकअप लियो । त्यसपछि कालिका मल्टीप्यालेस खोल्न सुरु गरे । त्यति बेला पुरानो ऋणबाट मुक्त भएँ ।

अहिलेसम्म सिकेको कुराले व्यवसायमा भिजन दिन सक्छु भन्ने लाग्छ ।

बागलुङ उद्योग वाणिज्य संघमा लगातार तीन कार्यकाल सदस्य पदमा निर्वाचित भए । आस्था फरक भए पनि समाजले मलाई विश्वास गर्ने कुरालाई मैले कसीका रूपमा लिएको छ । अहिले अखिल व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्ष छु ।

सफल व्यवसायी बन्न के कुरामा ध्यान दिनुपर्दो रहेछ ?
सबैभन्दा विश्वास हो । जेमा व्यवसाय गर्नुहुन्छ, त्यसमा ग्राहकको विश्वास जित्नुपर्छ ।

केही समय चिटिङ गरेर मलाई क्षणिक फाइदा होला तर पछि ठूलो क्षति बेहोर्नुपर्छ । मान्छेले त्यो कुरा बुझ्छ । जुन कुराको बिजनेस गर्छु भन्ने हो, व्यवसायीले त्यो कुरा दिनु नै पर्छ । ग्राहक पूर्ण सन्तुष्ट भएपछि नै बिजनेसमा सफल भइन्छ ।

किनभने बागलुङले यहाँ मान्छे राखेर गलेश्वर, तातोपानी, ढोरपाटनसम्म पर्यटक पठाउन सक्छ । अब ढोरपाटन राम्रो पर्यटकीय सम्भावना भएको ठाउँ बन्दै छ । त्यहाँ राम्रो खालको होटल आवश्यक छ ।

तपाईं पर्यटनक्षेत्रमा पनि लाग्नुभएको छ । बागलुङमा के–कस्ता सम्भावना देख्नुहुन्छ ?
नेपालमा पर्यटन व्यवसाय अब्बल रहेको सबैले भन्छन् । तर सरकारले अहिलेसम्म पर्यटन व्यवसायको स्पष्ट परिभाषा गर्न सकेको छैन । सीमित वर्ग र क्षेत्रलाई यसमा राखिएको छ जसले गर्दा पर्यटन व्यवसाय फस्टाउन सकेन ।

सरकारले नीति पहिचान गर्न नसक्दा जहाँ ताल–तलैया छन्, त्यहाँका मान्छेले फाइदा लिन सकेका छैनन् । नेपालीले आफ्नो कल्चर जोगाएका छन् तर त्यसको प्रवर्धन गर्ने कुरामा तीनै तहका सरकार पछाडि छन् । अहिले भन्दा नेपालको समग्र पर्यटन क्षेत्रमा ४ प्रतिशतले मात्र फाइदा लिन सकेको अवस्था छ । यसलाई व्यवस्थित गर्नुपर्छ ।

बागलुङको कुरा गर्दा यो ठाउँ कालीगण्डकी सभ्यतासँग जोडिएको छ । यो संसारमा एउटा मात्र यस्तो नदी हो जहाँ शालिग्राम पाइन्छ । धौलागिरि हिमाल, ढोरपाटन सिकार आरक्ष, बागलुङ कालिका, पञ्चकोट, घुम्ते लेकलगायत ठाउँ यहीँ पर्छन् ।
शालिग्राम धाम सर्वसिद्ध धाम बनेको छ । तर हामीले त्यसलाई प्रचार गर्न सकेका छैनौं ।

चोखालले बनाउँदै गरेको सुविधा सम्पन्न होटल

अग्ला अनि लामा झोलुंगे पुल यहाँ छन् । पर्यटक महिनादिन आएर बस्दा पनि घुमेर नसकिने सम्पदा छन् यहाँ । तर प्रचार नै भएन । बागलुङमा पर्यटनअनुकूल लगानी अत्यावश्यक छ । थ्री स्टार, स्विमिङसहितको होटल आवश्यक छ ।

किनभने बागलुङले यहाँ मान्छे राखेर गलेश्वर, तातोपानी, ढोरपाटनसम्म पर्यटक पठाउन सक्छ । अब ढोरपाटन राम्रो पर्यटकीय सम्भावना भएको ठाउँ बन्दै छ । त्यहाँ राम्रो खालको होटल आवश्यक छ ।

आन्तरिक पर्यटकले स्थानीयको आयलाई कस्तो प्रभाव पार्छन् ?
आन्तरिक पर्यटकले ‘लोकल टेस्ट’ खोज्छन् । जस्तै, स्थानीयले उत्पादन गर्ने लोकल कुखुरा, ढिँडो, लोकल रक्सी खान रुचाउँछन् । विदेशीभन्दा आन्तरिक पर्यटकले स्थानीयको जीवनस्तर उकास्न सघाउँछन् ।

बागलुङ कालिको प्रवेशद्वारमा उनको पाटी प्यालेस

अहिले दोहोरी साँझ, मेला–महोत्सवमा आन्तरिक पर्यटक नै जान्छन् । एउटा होटल चल्यो भने १२ वटा व्यवसाय चल्छन् । कस्मेटिक, खाद्यान्न, तरकारी फलफूल, दूध, कपडा, कलासाहित्य, रोजगारी, सांस्कृतिक एवम् धार्मिक मठमन्दिर सँगसँगै चलिरहेका हुन्छन् ।

अहिले गण्डकीमा पर्यटक आवागमनको अवस्था कस्तो छ ?
कोरोनाले पर्यटनलाई धेरै प्रभाव पारेको छ । खुम्चिएको पर्यटन व्यवसाय विस्तारै माथि उठ्ने क्रममा छ । गण्डकी धेरै सम्भावना बोकेको ठाउँ हो । प्रत्येक जिल्लामा पर्यटकीय क्षेत्रहरू छन् । केही खोजी हुने क्रममा छन् ।

पछिल्लो समय सरकारले कर बढाउने तर व्यवसायीहरूले छल्ने प्रवृत्ति बढिरहेको छ नि ?
अहिले नेपालको कुरा गर्दा कर तिर्ने र नतिर्नेको दर्जा एउटै छ । कर तिर्नेलाई सम्मान गर्ने र नतिर्नेलाई कडा कानुनको कठघरमा ल्याउनुपर्छ । मेरो विचारमा राज्यलाई कर तिरेपछि बुढेसकालमा उसको हेरचाह गर्नुपर्छ । त्यो खालको नीति सरकारले ल्यायो भने करको दायरा पनि बढ्छ । व्यवसायी कर तिर्न उत्साहित हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्