३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङ विशेष बाल कक्षालाई बागलुङ महिला समाजद्वारा फर्निचर सहयोग


बागलुङ महिला समाज कल्याण केन्द्रले बागलुङले विशेष वाल कक्षालाई फर्निचर वितरण गरेको छ ।कार्याक्रममा बागलुङ महिला समाज कल्याण केन्द्रकी सदस्यहरुले विद्यालयका प्रधानाध्यापक युक्त जंग राजभण्डारीलाई २९ हजार रुपैयाँ बराबरको फर्निचर उपलब्ध गराएका हुन् ।

बागलुङ नगरपालिका वडा नं ४ उपल्लाचौरमा रहेको बागलुङ विशेष बाल कक्षालाई महिला समाजले भविष्यमा पनि सहयोग गर्ने समाजकी अध्यक्ष कुमारी श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।

‘हामी मानव भएका नाताले समाजमा पछि परेका नागरिक,विद्यार्थी र आश्रय लिएर बसिरहेका दाजुभाइ, दिदीबहिनी र बालबालिकाहरूलाई आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्नुपर्छ,’ उनले भनिन् ।

कार्याक्रममा बागलुङ विशेष बाल कक्षा प्राविका प्रधानाध्यापक युक्त जंग राजभण्डारी,बागलुङ विशेष बाल कक्षा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ,सुस्त मनस्थिति कल्याण संस्था बागलुङकी अध्यक्ष मनमाया श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रम बागलुङ महिला समाज कल्याण केन्द्र बागलुङकी अध्यक्ष कुमारी श्रेष्ठको अध्यक्षता,उपाध्यक्ष मिला राजभण्डारीको स्वागत र सचिव जुनु श्रेष्ठको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्