३ जेष्ठ २०८१, बिहीबार

 

इनर हुइल क्लब अफ बालाजुद्वारा आश्रम परिसरमा वृक्षारोपण

इनर हुइल क्लब अफ बालाजुले शनिबार ओम वृद्धाआश्रम सानोढिमी परिसरमा वृक्षारोपण गरेको हो ।

क्लवका निर्वतमान अध्यक्ष सोनी श्रेष्ठका अनुसार वृद्धाआश्रम परिसरमा तेज पत्ता, अम्बा, गुर्जोलगायतका ३० विरुवा रोपिएको हो ।

क्लवले आश्रममा रहेका १२ जना आमाहरुलाई खाना पनि खुवाएको छ ।क्लबले सदस्यहरुको व्यक्तित्व विकास गर्नुको साथै सामाजिक काममा पनि सक्रिय रहेको अध्यक्ष सहनशिल मानन्धरले नयाँ विश्वलाई बताइन् ।

वर्षेनी सहयोग गर्दै आइरहेको क्लवले त्यहाँ रहेका वृद्धाहरुलाई खाना खुवाउने आवश्यक लत्ताकपडा तथा आर्थिक सहयाेग गर्दै आइरहेको छ ।

विभिन्न आश्रममलाई सहयोग गर्दै आइरहेको क्लबले यस अघि ओम वृद्धा आश्रमलाई सोलार सहयोग गरेको थियो ।यसअघि क्लबले मातार्तीथ आश्रम र सत्प्रयास आश्रममा बस्ने वृद्दा वृद्धका लागि आवश्यक पर्ने सामग्रीहरु सहयोग गरिसकेको छ ।

कोभिड–१९ को प्रभावले गर्दा सहयोग गर्ने क्रम रोकिए पनि अहिले क्लब लगातार सहयोग गर्ने कार्यमा जुटेको हुइल क्लब अफ बालाजुकी कोषाध्यक्ष कोषाध्यक्ष अर्चना कर्णले बताइन् ।

इनर हुइल क्लब अफ बालाजु स्थापनादेखि नै सामाजिक,मानविय,शैक्षिक र धार्मिक सेवामा सक्रिय रहेको सचिव रन्जु चौधरीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्