१७ बैशाख २०८१, सोमबार

 

स्वास्थ्य र शिक्षामा लगानी गर्न अन्तराष्ट्रिय बागलुङ समाजले ५० लाखको अक्षयकोषको स्थापना गर्ने

कोपनहेगन ।अन्तराष्ट्रिय बागलुङ समाजको दोश्रो अधिवेशनबाट निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले महत्वपूर्ण विभिन्न निर्णयहरु गरेको छ । हालै भएको बैठकले संस्थालाई चलायमान बनाउन र बागलुङको हितको लागि काम गर्न दुरगामी अर्थ राख्ने निर्णय र ज़िम्मेवारी बाँडफाँड समेत गरेको हो ।

अन्तराष्ट्रिय बागलुङ समाजका अध्यक्ष कृष्णप्रसाद शर्माले पहिलो बैठकले महत्वपूर्ण विभिन्न निर्णयहरु गरेको जानकारी दिंदै अब संस्थाले गति लिने बताए । संस्थाको संरक्षक चयन गर्नेदेखि लिएर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न उपसमितिको ज़िम्मा लगाउने लगायतका निर्णय बैठकले गरेको हो ।

अन्तराष्ट्रिय बागलुङ समाजको प्रमुख संरक्षकमा बेल्जियम निवासी गंगा शर्मा चयन भएका छन् । बागलुङ समाज बेल्जियमका पूर्वअध्यक्ष उनी निवर्तमान संरक्षक रहेका उनलाई बैठकले सर्वसम्मत प्रमुख संरक्षक चयन गरेको हो ।

संस्थाको संरक्षकहरुमा कतारबाट संस्थाका सस्थापक अध्यक्ष तथा निवर्तमान संरक्षक होमनाथ शर्मा, बेलायतबाट निवर्तमान संरक्षक महेन्द्र केसी, स्पेनबाट संस्थाका निवर्तमान अध्यक्ष एकराज गिरी, संस्थाका निवर्तमान उपाध्यक्ष रमेश भट्ट र क्यानडाबाट सल्लाहकार दुर्गा बहादुर अघिकारीलाई संरक्षक चयन गरिएको छ ।

कार्य समितिमा रिक्त रहेका सदस्यमा पद पूर्ति गर्ने निर्णय बमोजिम फ्रान्सबाट ज्योति अधिकारीलाई कार्यसमितिको सदस्यमा , अधिवेशन को समयमा युरोप संयोजकमा २ जनाको उमेदवारी परेको थियो । उनीहरुमध्ये डेनमार्कका जयलाल न्यौपानेलाई युरोप संयोजक रहने र माल्टाका संयोजक हेमराज शर्मालाई संस्थाको सहकोषाध्यक्षमा मनोनय गर्ने निर्णय भएको छ ।

जापानबाट महिला सचिव र एक सदस्य, त्यस्तै अमेरिका, बहराईन, आईल्याण्ड, युएई र स्पेनबाट एक एक जना सदस्य थप्ने जसको लागी संम्बन्धित देशबाट नाम आए पछि सार्वजनिक गर्ने निर्णय समेत भयो । यसका साथै अन्य बांकी मनोनित सदस्यहरू भुगोल र समावेशी समेट्ने गरी थप्ने निर्णय भएको अध्यक्ष शर्माले जानकारी दिए ।

सल्लाहकारहरुमा हरेक देशमा गठित बागलुङ समाजबाट हाललाई १ र १ जना सल्लाहकार माग्ने निर्णय भएको बताइएको छ । अघ्यक्षले मनोनयन गर्ने प्रवक्तामा जापान बस्ने संस्थाका निवर्तमान प्रवक्ता राजविन थापालाई नियुक्त गर्ने निर्णय बैठकले गर्यो ।

त्यसै बैठकले विधान संशोधन समितिको संयोजकमा संस्थाका सचिव अशोक शर्मा, टेलिमेडिसिन विस्तार संयोजकमा उपाध्यक्ष दिपक गौतम, वेभसाइड डिजाईन संयोजकमा सदस्य ज्योति अधिकारी, अन्तराष्ट्रिय बागलुङ सेवा समाज(नेपाल समुह गठनको संयोजकमा उपाध्यक्ष सुमन बिष्ट र उक्त नेपाल समुहमा बढीमा ५ सदस्य रहने निर्णय भएको छ ।

उक्त समुहले हाललाई कार्यलयमा आवश्यक पर्दा सहयोग समेत गर्ने गरी जिम्मा दिने निर्णय भएको छ । त्यसै गरी कार्यालय व्यवस्थापन्, कृषि सहकारी एवं संस्थालाई सहयोग हुने गरी गरिने सामुहिक लगानी तथा व्यवस्थापन सन्बन्धि कार्यक्रम संयोजकमा कोषाध्यक्ष दिपेन्द्र आचार्य, संगठन विस्तारको संयोजनमा सम्पर्ण क्षेत्रिय संयोजकहरूको संयोजकत्वमा, उक्त महादेशियमा रहेका उपाध्यक्ष र राष्ट्रिय समतिका अध्यक्षहरू सहितको टीमले गर्ने उक्त कामको रिपोर्टिगं कार्यसमितिमा क्षेत्रिय संयोजकहरूले गराउने गरी निर्णय भएको छ ।

खेलकुद संयोजकमा बागलुङ सेवा समाज कतारका अघ्यक्ष सन्तोष पौडेल र स्पेनका अघ्यक्ष राजु थापा, सास्कृतिक संयोजकमा संस्थाका सचिव नवराज पन्त (दोश्रो बैठकमा कार्ययोजना तथा खाका प्रस्तुत गर्नु पर्ने गरी) शिक्षा क्षेत्रमा उपाध्यक्ष भीमकमल केसी ( दोस्रो बैठकमा शिक्षामा के गर्न सकिन्छ भनेर योजना प्रस्तुत गर्ने गरी ), स्वास्थ क्षेत्रको संयोजकमा संस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, बैदेशिक रोजगार (सुचना तथा सम्पर्क)मा उपाध्यक्ष चन्द्र कान्त शर्मा (दोस्रो बैठकमा योजना ल्याउने गरी) जिम्मेवारी दिइएको छ।

परोपकारी कोष स्थापना बागलुङ जिल्लामा रहेका गरीब तथा विपन्न परिवार जो कमजोर आर्थिक अवस्थाका कारण शिक्षा र स्वास्थ्य सेवा लिनबाट वञ्चित छन् त्यस्ता परिवारलाई स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा दिलाउने उद्देश्यले न्यूनतम ५० लाख रुपैया बराबरको परोपकारी अक्षयकोषको स्थापना गर्ने निर्णय गरी संयोजकमा उपाध्यक्ष सुबास लामिछाने चयन भएका छन् ।

कोष स्थापनाको लागी प्राविधिक र कानुनी प्रकृया एवं यसको व्यवस्थापन सहितको खाका आउंदो बैठक अघि नै पेश गर्ने गरी जिम्मा दिईएको छ ।

संस्ऱ्थाको लेखा परिक्षक राख्ने बिषयमा छलफल गर्दा उक्त कामको जिम्मा संस्थाको अध्यक्षलाई दिने निर्णय गरियो भने संस्थामा कानुनी सल्लाहकारमा रूपमा बा।न।पा बस्ने अधिवक्ता बलराम शर्मालाई नियुक्त गर्ने निर्णय भयो ।

त्यस्तै मध्यपुर्वमा खाली रहेको एक जना क्षेत्रिय संयोजक सम्बन्धित महादेशका राष्ट्रिय समिति सँग छलफल गरी सिफारिस अनुसार संयोजक मनोनयन गर्ने गरी निर्णय गरियो ।

प्रतिक्रिया दिनुहोस्