७ जेष्ठ २०८१, सोमबार

 

सिवाईसी साकोसद्वारा बागलुङको बिनामारेमा वित्तिय साक्षारता कार्यक्रम सम्पन्न

बागलुङमा केन्द्रीय कार्यलय रहेको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको आयोजनमा बागलुङको जैमिनि नगरपालिका ५,बिनामारेमा सदस्य शिक्षा तथा वित्तिय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ ।
आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरतामार्फत आम्दानी, खर्च, बचत, बजेटको निर्धारण र परिचालन लगायतका विषमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहकारीका अध्यक्ष तथा नेफ्स्कुनका संचालनक चण्डि प्रसाद शर्मा, प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा सस्थाको परियचय गतिविधि, शेयर सदस्य बन्ने प्रक्रिया,लाग्ने शुल्क, सस्था द्वारा प्रदान गरिने सेवा सुबिधा,संस्थाको आगामी लक्ष्य सस्थाको डिजिटल सेवा अन्तर्गत मोबाईल बैंकिङ,एटिएम, क्यु आर कोड लगाएत सहकारीले सदस्यहरुलाई दिँदै आएका सेवा सुबिधाको बारेमा जानकारी दिईएको थियो ।

सहकारीले सदस्यहरुलाई दिदै आएको मोवाईल बैंकिङ,ए्टि।एम।सेवा,क्युआर कोड सेवा,ट्याबलेट बैकिङ सेवा,मिष्डकल बैंकिङ,इ–टेलर जस्ता डिजिटल प्रविधिको प्रयोगान सदस्यको पहुच वृद्धि गर्न कार्यक्रम गरिएको हो । सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा अध्यक्ष ठग बहादुर थापा क्षेत्री,नेपाली कांग्रेसका वडा सभापति तथा शेयर सदस्य खुम बहादुर रोका लगाएतले बोल्नु भएको थियो ।

सञ्चालक समिति सदस्य पुतली थापाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले गर्नु भएको थियो । वित्तीय साक्षरता बढेसँगै सिवाइसी सहकारीमा सेयर लगानी गर्ने र बचत गर्ने क्रममा वृद्धि भएको छ।

३ वर्ष यता सुरु भएको वित्तीय साक्षरता कार्यक्रमले सहकारी संस्थामा सेयर लगानी गर्ने र नियमित बचत गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको सहकारीका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । साक्षरता कक्षा संचालन पछि निस्क्रिय सहकारी पनि सक्रिय हुन थालेका छन् ।

देशको आर्थिक विकासमा सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेकाले खुलेका सबै सहकारीलाई थप सबलीकरण गर्न जरुरी रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनका संचालक तथा सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बताउनु भयो ।

। सहकारीको मूल्यमान्यता नबुझेर खोलिएका सहकारीहरु संकटग्रस्त अवस्थामा पुगेको भन्दै ग्रामिण क्षेत्रको गरिवि अन्त्यको लागि सहकारी उपयुक्त माध्यम बन्ने पौडेलको भनाई छ । संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अध्र्वदैहिक राहत, जेष्ठ नागरिक/एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति, जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, ब्रतबन्धमा भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिङ सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिइने छ ।

यस आर्थिक वर्ष देखि जेष्ठ नागरिक पेन्सन सुविधा स्वरुप कार्तिक १ देखि लागु हुने गरि २५० थप गरि मासिक १ हजार २ सय ५० जेष्ठ नागरिक पेन्सन बापत उपलब्ध गराईने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्