१३ बैशाख २०८१, बिहीबार

 

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको वार्षिक अधिवेशन पेचिङमा सुरू

चीनको सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जन कङ्ग्रेसको नयाँ वार्षिक अधिवेशन मार्च पाँच तारिख पैचिङस्थित जन बृहत सभा भवनमा सुरू भएको छ । सी चिन फिङलगायत चिनियाँ कम्युनिस्ट पार्टी तथा चीनका नेता गणलगायत राष्ट्रिय जन काङ्ग्रेसका तीन हजार नयाँ प्रतिनिधिहरू सो समारोहमा उपस्थित हुनुभएको छ ।

राष्ट्रिय जन कङ्ग्रेसको यस वर्षको वार्षिक अधिवेशनबाट चीनका नयाँ राष्ट्रिय संस्थाका सदस्य निर्वाचित हुने, सरकारी कार्य प्रतिवेदनको लेखाजोखा हुने र यस वर्षको चीनका आर्थिक सामाजिक विकसित मुख्य लक्ष्य तथा सरकारी प्रशासिक कार्यनीति पारित हुनेछ ।

चीनका प्रधानमन्त्री ली खछ्याङले अधिवेशनमा सरकारी कार्य प्रतिवेदन पेश गर्दै सन् २०२२ मा चीनको अर्थतन्त्र स्थिर रूपमा चलेको र समाज स्थिर रहेको भन्दै गुणस्तरीय विकास उकासिएको उल्लेख गर्नुभएको छ । चीनले विकासका कठिन नयाँ उपलब्धि हासिल गरेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री लीले विगत एक वर्षमा चीनको आर्थिक विकास महामारीलगायत स्वदेशी र विदेशी कारक तत्वबाट असर गरेको तर चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले महामारीविरुद्ध र आर्थिक तथा सामाजिक विकासको प्रभावकारीरूपमा व्यवहार गरेको बताउनुभयो ।

प्रधानमन्त्री लीका अनुसार सन् २०२२ मा चीनको कुलगार्हस्थ उत्पादनमा ३ प्रतिशतले वृद्धि भएको छ । सहर र गाउँमा १ करोड २० लाख व्यक्तिका लागि नयाँ रोजगार अवसर थपिएको छ । चीनले जटिल वातावरणमा समग्र वर्षको मुख्य लक्ष्य पूरा गरेको छ ।

चीनका प्रधानमन्त्री ली ख छ्याङले सरकारी कार्य प्रतिवेदन पेश गर्दै विगत पाँच वर्षमा चीनको आर्थिक सामाजिक विकासले ठूलो उपलब्धि हासिल गरेको बताउनुभयो । राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन मात्रा १२१० खर्ब युआन पुगेर सरदर वार्षिक आथिक वृद्धि दर ५.२ प्रतिशत पुगेको छ । विगत दश वर्षमा लगभग ७०० खर्ब वृद्धि भएर वार्षिक सरदर वृद्धि दर ६.२ प्रतिशत पुगेको छ । यसबाट चीनको आर्थिक शक्ति स्पष्ट वृद्धि भएको प्रस्ट हुन्छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार, विगत पाँच वर्षको अवधिमा चीनको सुधार तथा खुलापन निरन्तर गहनरूपमा बढाइएको, बीआरआई वास्तविकरूपमा अगाडि बढेको, चीनको माल–सामानको आयात–निर्यात कूल रकम ४०० खर्ब युआनभन्दा बढी पुगेको र भित्याइएको विदेशी पुँजी तथा वैदेशिक लगानी विश्वको अघिल्लो स्थानमा रहेको छ । यसबाहेक, चीनले गरिबीको निवारण, वैज्ञानिक तथा प्राविधिक आविष्कार र वातावरणको सुधार आदि क्षेत्रमा पनि ठूलो उपलब्धि हासिल गरेको छ ।

सन् २०२३ मा चीनको आर्थिक वृद्धि अनुमानित लक्ष्यअनुसार कुलगार्हस्थ उत्पादनमा करीब ५ प्रतिशतले वृद्धि हुने सरकारी कार्य प्रतिवेदनमा उल्लेख गरिएको छ ।उक्त प्रतिवेदनका अनुसार, सहर र गाउँमा १ करोड २० लाख व्यक्तिका लागि नयाँ रोजगार अवसर थपिने छ ।

सहर र गाउँमा बेरोजगार दर करीब ५.५ प्रतिशत हुनेछ । वासिन्दाको उपभोग मूल्यमा ३ प्रतिशतले वृद्धि हुनेछ । आयात र निर्यातमा स्थिरताका साथ वृद्धि हुनेछ । चीनको अन्तर्राष्ट्रिय आयव्यय आधारभूतरूपमा सन्तुलित हुने छ ।पर्यावरणीय वातावरण गुणस्तर स्थिरताका साथ सुध्रिने छ ।चीनले कानुनअनुसार निजी उद्योग व्यवसायीको सम्पत्ति अधिकार तथा व्यवसायीको हित–अधिकारको संरक्षण गर्ने प्रतिवेदनमा उल्लेख छ ।

निजी क्षेत्रको अर्थतन्त्र तथा निजी उद्योग व्यवसायको विकासमा प्रेरणा गर्ने, मध्य, साना तथा सूक्ष्म व्यवसाय तथा निजी कारोवारीको विकासको समर्थन गर्ने र विभिन्न किसिमका व्यवसायका लागि निष्पक्ष प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नका लागि घनिष्ट तथा स्वच्छ सरकार र व्यवसायी सम्बन्ध निर्माण गर्दै व्यावहारिक नीतिमार्फत बजारमूलक विश्वास बढाउने विषय प्रतिवेदनमा प्रधानमन्त्री लीले समेट्नु भएको छ ।

सरकारी कार्य प्रतिवेदनअनुसार, चीनले विदेशी पुँजीलाई आकर्षित गर्ने र प्रयोग गर्ने, खुला चीनको ठूलो बजारले चीनमा विभिन्न मुलुकको उद्योग–व्यवसायको विकासका लागि मौका उपलब्ध गराउने छ ।
सरकारी कार्य प्रतिवेदनअनुसार, चीनले आधुनिक सेवा व्यवसाय क्षेत्रको खुलापनलाई विस्तार गर्ने छ ।

चीनले अर्थतन्त्रका लागि आयात र निर्यातको टेवा दिने भूमिका निर्वाह गर्ने छ ।प्रधानमन्त्री ली ख छ्याङले नयाँ युगमा चिनियाँ कम्युनिस्ट पार्टीले थाइवान समस्याको समाधान गर्ने कूल रणनीतिलाई चीनले अडिगरूपमा व्यवहारमा उतार्ने, एक चीनको नीति कायम राख्ने, अडिग रूपमा स्वतन्त्रताको विरोध गर्ने तथा एकीकरणलाई साकार बनाउने, दुई किनारा बिचको सम्बन्धको शान्ति विकास तथा मातृभूमिको शान्तिपूर्ण एकीकरण प्रतिक्रिया बढाउने कुरा बताउनुभएको छ ।

प्रतिवेदनमा हङकङ तथा मकाउबारे चर्चा गरिएअनुसार, “एक देश दुई व्यवस्था”, “हङकङबासीद्वारा हङकङको प्रशासन” तथा“मकाउबासीद्वारा मकाउको प्रशासन” कार्यनीतिलाई सकारात्मक तथा अडिगरूपमा लागु गर्नेछ । हङकङ तथा मकाउको आर्थिक विकास तथा जनताको जीवन सुधारको समर्थन गर्ने र हङकङ तथा मकाउको दीर्घकालीन स्मृद्धि तथा स्थिरता कायम राख्ने कुरा पनि जनाइएको छ ।

सरकारी कार्य प्रतिवेदनअनुसार, चीनले स्वतन्त्र शान्तिपूर्ण कूटनीतिक नीति पालना गर्ने, शान्तिपूर्ण विकास बाटो हिँड्ने, शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तको आधारमा विभिन्न मुलुकसँग मैत्रीपूर्ण सहयोग गर्ने र आपसीयुक्त हित तथा साझा विजयी खुलापन नीति पालना गर्ने छ ।

चीन सधैँ नै विश्वशान्तिको निर्माणकर्ता, विश्वको विकासका लागि योदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षक बन्नेछ ।उक्त प्रतिवेदनअनुसार, चीनले अन्तर्राष्ट्रिय समाजसँग मिलेर विश्व विकास प्रस्ताव र विश्व सुरक्षा प्रस्तावलाई व्यवहारमा उतार्ने छ । चीनले अन्तर्राष्ट्रिय समाजसँग मानव भाग्य समुदायको सिर्जनालाई अगाडि बढाउँदै विश्वको शान्ति र क्षेत्रीय स्थिरताको संरक्षण गर्नेछ ।

सी जिनपिङ शक्तिशाली हुँदै 

सी जिनपिङले गत वर्ष मात्रै कम्युनिस्ट पार्टीमा आफ्नो पकड देखाएका थिए । अक्टोबरमा, उनलाई कम्युनिस्ट पार्टीले तेस्रो कार्यकालको लागि सर्वोच्च नेताको रूपमा निर्वाचित गरेको थियो । चीनको पहिलो सर्वोच्च नेता माओत्से तुङपछि कुनै नेता यति लामो समयका लागि कम्युनिस्ट पार्टीको शीर्ष स्थानमा रहेका उनी नै हुन् ।

सन् २०१८ को बैठकमा, पार्टी अध्यक्षको कार्यकालको सीमा हटाइएको थियो, त्यसपछि सी जिनपिङ आजीवन पार्टीको सर्वोच्च पदमा रहन सक्नेछन् ।तर, यसबीचमा सी जिनपिङले घरेलु स्तरमा आलोचना पनि भोग्नु परेको छ । कोभिड–१९ को शून्य नीति र व्यापार क्षेत्रमा कडा पकडका कारण अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ, जसको विरोधमा जनता सडकमा उत्रिएका छन् ।

कोरोना महामारीसँग लड्न चीनमा कडा लकडाउन गरिएको थियो, जसका कारण मानिसले खान–पिनका सामान नपाउँदा जनतामा आक्रोश देखिएको थियो ।योसँगै अन्तर्राष्ट्रिय स्तरमा अमेरिकासँग चीनको सम्बन्धमा तनाव बढेको छ । रुस–युक्रेन युद्धमा चीनको रुसतर्फ झुकाव र हालै भेटिएका जासुसी बेलुनले यो तनावलाई थप गहिरो बनाएको छ ।

अनलाइनमजदुरबाट

 

प्रतिक्रिया दिनुहोस्