२१ बैशाख २०८१, शुक्रबार

 

बैंकर्स बागलुङद्वारा दिलिप पौडेलको विदाई र अशोक केसीलाई स्वागत

बागलुङ । बैंकर्स बागलुङले सरूवा भै जान लागेका एनएमबी बैंक बागलुङ शाखाका प्रबन्धक दिलिप पौडेलको विदाई तथा उनको ठाउँमा पोखराबाट सरूवा भै आएका शाखा प्रबन्धक अशोक केसीलाई स्वागत गरेको छ।

पौडेल एनएमबी बैंक बागलुङ शाखामा झण्डै दुई वर्षदेखि शाखा प्रबन्धकको रुपमा कार्यरत थिए। आफनो कार्यकालमा बैंकर्स र व्यवसायीबिच सुमधुर सम्बन्ध कायम राख्न सफल पौडेल काठमाण्डौको बबरमहल स्थित मुख्य शाखामा सरूवा भएका हुन्।

बिहीबार एक कार्यक्रमको आयोजना गर्दै बैंकर्स बागलुङले दुबै जनालाई नयाँ ठाउँको सफल कार्यकालको लागि शुभकामना दिएको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले नयाँ विश्वलाई बताउनु भयो। कार्यक्रममा बोल्दै शाखा प्रबन्धक पौडेलले आफ्नो बागलुङ बसाईमा सहयोग गर्ने सम्पूर्ण बैंकर्सहरूलाई धन्यवाद दिएका थिए।

बागलुङमा रहेका सम्पूर्ण बैंकका शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माको अध्यक्षता र सचिव प्रतिमा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्