६ जेष्ठ २०८१, आईतवार

 

गगनको मन्थन : बीपीले १५ वर्ष पाएको भए के–के हुन्थ्यो ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘बीपीले नपाएका १५ वर्ष’ शीर्षकको विषयमाथि विमर्श गराएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सवमा सोमबार महामन्त्री थापाले विश्लेषक हरि शर्मा, कानुनविद् विपिन अधिकारी, अर्थशास्त्री अच्युत वाग्ले र उपप्राध्यापक मञ्चला झालाई उक्त विषयमाथि मन्थन गराएका हुन् ।

बीपीले टुँडिखेलमा गरेको एउटा भाषणका वाक्य स्मरण गर्दै महामन्त्री थापाले बहस सुरु गरेका थिए । ‘बीपीले १५ वर्ष काम गर्न पाए नेपालीहरूको अवस्था खान लगाउन पुग्ने ९आफ्नोजस्तै० बनाउन सकिने’ बताएको कुरा थापाको भनाइ थियो । बीपी कोइरालाले निवास र जेलमा गरी १५ वर्ष बिताउनुपर्‍यो ।

२०१५ सालको आम निर्वाचनबाट दुई तिहाइको बहुमतसहित प्रधानमन्त्री भएका बीपी कोइराला २०१७ सालमा पुस १ मा राज महेन्द्रले ‘कू’ गरेपछि पदमुक्त भएका थिए ।

बीपीले पाएको १८ महिनामा गरेको काम महत्त्वपूर्ण : हरि शर्मा, राजनीतिक विश्लेषक

‘बीपीले गुमाएको १५ वर्ष नेपालीले नै गुमाएको १५ वर्ष हो । बीपीले यी १५ वर्ष काम गर्न पाएको भए के हुन्थ्यो रु नेपाली राजनीति र समाजको अवस्था कस्तो हुन्थ्यो’ भनेर थापाले हरि शर्मालाई प्रश्न तेर्स्याए ।

शर्माका अनुसार विश्वमा भइरहेको परिवर्तनसँग नेपाललाई जोड्न कडी खोजिरहेका बीपीका लागि पार्टी र क्रान्ति साध्य थियो ।राजनीतिक विश्लेषक शर्माले बीपीले नपाएको १५ वर्षभन्दा पनि पाएको १८ महिनामा गरेको काम महत्त्वपूर्ण भएको जवाफ दिए ।

‘भूमिसुधार, औद्योगीकरण, परराष्ट्र नीतिका सन्दर्भमा लिएका कार्यक्रम लगायत अगाडि बढाउनुहुन्थ्यो । उहाँको १८ महिने कार्यकाल हेर्दा बीपी चिन्तनभन्दा कार्यक्रममा पनि प्रतिबद्ध हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘बीपीमा केही गरौँ भन्ने हुटहुटी र कार्यक्रम पनि थियो । त्यो १८ महिनामा १५ वर्षको निभ राख्नु भएको थियो ।’

बीपी समयका उपज हुन् वा बीपीले समयको निर्माण गरे भन्ने ठुलो दार्शनिक छलफलको विषय भएको शर्माको भनाइ थियो । ‘बीपी समयलाई पढ्न सक्ने महत्त्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो । उहाँ समयको उपज हुनुहुन्थ्यो । उहाँले भन्नुभएको छ, पहिलो विश्वयुद्धको समयमा हुर्किएँ । दोस्रो विश्वयुद्ध मैले देखेँ,’ शर्माले भने, ‘यो बीचमा विश्वमा युगान्तकारी परिवर्तन भएको छ । बीपीले संगत गरेका मानिस कुनै पनि कमसल मानिस थिएनन् ।’

शर्माका अनुसार विश्वमा भइरहेको परिवर्तनसँग नेपाललाई जोड्न कडी खोजिरहेका बीपीका लागि पार्टी र क्रान्ति साध्य थियो । ‘बीपीलाई मैले राजनीतिक रूपमा मात्र होइन दार्शनिक रूपमा पनि हेर्दछु । उहाँसँग एउटा मिसन थियो ।

त्यो मिसनकै कारण उहाँले संविधानसभा नपर्खेर राजाले गरेको चुनावको घोषणा स्वीकार्नु भयो,’ उनी भन्छन्, ‘परिवर्तनका लागि साधन चाहिन्छ । त्यो भनेको पावर हो । उहाँले संसारलाई पनि हेरिरहनुभएको थियो । परिवेश र परिवर्तनलाई जोड्ने युगान्तकारी नायक बीपी कोइराला हो । बीपी चञ्चल पनि हुनुहुन्थ्यो ।’

शर्माका अनुसार बीपीले आफ्ना समकक्षीको स्थितिमा आफू देखिन चाहेका थिए । विश्वको समाजवादी आन्दोलनमा योगदान दिने क्षमता थियो । ‘हामी बीपीलाई विचारको रूपमा हेर्छौँ । कुनै व्यक्तिको रूपमा हेर्दैनौँ,’ उनले भने ।

‘सपना पनि चाहिन्छ आगो पनि चाहिन्छ । तयारी पनि चाहियो । ब्लुप्रिन्ट पनि चाहियो के गर्ने भनेर रु यसलाई जोडेर केही कुरा राखिदिनु न रु,’ भन्ने थापाको अर्को प्रश्नमा शर्माले गिरिजाप्रसाद कोइरालाको सहयोगी भएर काम गरेको अनुभव सुनाए ।

‘जीपी कोइरालासँग नजिक भएर काम गरेँ । तीनवटा चुनावमा उहाँसँग पछिपछि हिँडेँ । चुनाव भनेको यस्तो हो जसले जे भन्यो गर्न पर्ने हुन्छ । चुनाव हारेपछि एउटा स्थितिमा पुगिन्छ । जितेपछि सत्ताको एउटा ठाउँमा पुगिन्छ । एयरकन्डिसन भएको कोठामा पुगेपछि आफूले भनेको कुरा बिर्सिँदो रहेछ । त्यसैले राजनीतिज्ञसँग तयारी चाहिँदो रहेछ ,’ उनी भन्छन् ।

नेपालका नेताहरू आन्दोलन गर्न सक्षम भए पनि सरकार चलाउन कमजोर हुनुको कारण तयारी नहुन रहेको उनको भनाइ छ । ‘बीपीले हामीलाई देखाएको बाटो के हो भने सरकारका लागि चिन्तन, योजना, तयारी र एउटा शान्त मन पनि चाहिन्छ । त्यही भएर १८ महिनामा उहाँले त्यो गर्न सक्नुभयो । आज हामीसँग बिसौँ वर्ष भइसक्दा पनि तयारी छैन । हामीसँग त्यो हुटहुटी छैन ,’ शर्माले भने ।

महामन्त्री थापालाई आफ्नो प्रोजेक्ट गभर्मेन्ट सरकार सञ्चालनको तयारी हो भनेर भन्नुपर्ने उनले बताए । यस्तै विश्लेषक शर्माले राजनीतिमा अहिले जबाफदेहिताको कमी भएको बताए । ‘अहिलेको राजनीतिक नेतृत्व बहिरो छ । सुन्दैन । हामी चाहन्छौँ नेतृत्वले सुन्नुपर्‍यो ,’ उनले भने ।

आर्थिक पाटोबाट बीपीको खासै चर्चा हुन सकेन : अच्युत वाग्ले, अर्थशास्त्री

महामन्त्री थापाले अर्थशास्त्री अच्युत वाग्लेलाई ‘आर्थिक कार्यक्रमको आलोकबाट हेर्दा बीपीका कार्यक्रमलाई कसरी हेर्ने रु’ भनेर प्रश्न सोधे ।

जवाफमा वाग्लेले २०१७ असार १३ गतेको पत्रकार सम्मेलन सम्झिँदै दोस्रो पञ्चवर्षीय योजनाको परिकल्पनाबारे बताए । साथै योजनाबद्ध विकास आवश्यक रहेको औँल्याइएको भए पनि आर्थिक पाटोबाट बीपीको खासै चर्चा हुन नसकेको वाग्लेको भनाइ थियो ।

बीपीले जमिनसँग जुध्ने, खेल्ने र जोत्नेले स्वामित्व पाउनुपर्ने अवधारणा राखेको वाग्लेले सुनाए । महामन्त्री थापाले फेरि वाग्लेलाई प्रश्न राखे । ‘बीपीको बाटो छोडौँ भनेर कांग्रेसभित्रै ठुलो पङ्क्ति अहिले पनि सरकारी संस्थानलाई निजीकरण गरेकोमा घृणाा गरेर बसेको छ । यसलाई कसरी लिनुहुन्छ रु,’ भन्ने प्रश्न थियो । जवाफमा वाग्लेले बीपीले समाजवादको परिभाषामा तीन वटा कुरालाई लचिलो ढंगले छोडेको बताए ।

निजी सम्पत्ति, स्वामित्व, निजी बजार र पुँजीको कुरा नै समाजवाद विरोधी कुरा हो कि भन्ने कहीँ न कहीँ देखियो ।उनले बीपीको अन्तरवार्ताको एउटा लाइन पढेर सुनाए–‘समाजवादी व्यवस्था विकसित स्थितिमा वा दरिद्रतामा स्थापित गर्न नसकिने हुँदा समाजवादको स्थापनाका लागि आर्थिक विकास आश्वयक छ ।

समाजवादको सिर्जनाका लागि उत्पादनका साधनको पूर्ण विकास र औद्योगिक उन्नति आवश्यक छ । केवल आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन । व्यक्ति नै समाजवादको जीवित तत्त्व हो ।’

वाग्लेका अनुसार बीपी सत्तामै रहँदा पनि ‘म समाजवादको एजेन्डालाई थाँती राखेर पुँजी र उत्पादकत्वको विकासमा पहिले जान चाहन्छु’ भनेका थिए । समाजवादले दिने न्यायलाई आवश्यक पर्ने उत्पादकत्व र स्रोत हेरेर बीपीको समाजवादको बहस नगर्दा कांग्रेसमा अलमल देखिएको उनको भनाइ थियो ।

‘त्यो हुँदा निजी सम्पत्ति, स्वामित्व, निजी बजार र पुँजीको कुरा नै समाजवाद विरोधी कुरा हो कि भन्ने कहीँ न कहीँ देखियो । अब के गर्ने भन्ने कुरामा कांग्रेसले, हाम्रो संविधानले भनेको समाजवाद दिन सकियो कि सकिएन रु व्यक्ति–व्यक्ति समान भयो कि भएन रु,’ उनको प्रश्न थियो ।

बीपीले बजेटका दुई वटा खम्बाका रूपमा केन्द्रीय सरकार र जिल्लाको खर्चलाई अर्थ्याएको भन्दै समाजवाद जनस्तरमा विस्तार भएको वाग्ले सुनाउँछन् ।

सेसनको अन्तिमता उनले अहिले नेपालमा विवेक, मन्थन, अनुसन्धान पर्खाल बाहिर र राजनीति, सत्ता सञ्चालन पर्खालभित्र भएको बताए । उनका अनुसार लोकतन्त्र असफल हुनेको दुई वटा कारणमा मध्ये बीपीले ‘आर्थिक समृद्धि र राजनीतिक स्थायित्व’लाई भनेका थिए ।

‘राजनीतिक स्थायित्व पर्खालभित्रै खोजियो । म सत्तामा भए मात्र हुन्छ भन्ने भयो । आर्थिक समृद्धिका लागि उपाय र स्रोत नभएको होइन । विवेक, मन्थन र अनुसन्धान पर्खाल छेड्न सकिएन,’ उनी भन्छन् ।

बीपीको नेतृत्व सबैभन्दा महत्त्वपूर्ण थियो : विपिन अधिकारी, कानुनविद्

महामन्त्री थापाले विधिको शासनका सन्दर्भमा संविधानविद् विपिन अधिकारीतर्फ प्रश्न सोझ्याए । ‘०१७ सालमा ‘कू’ नभएको भए देशमा विधिको शासनको अवस्था कहाँ पुगेको हुन्थ्यो’ भन्ने थापाको प्रश्नमा अधिकारीले सामाजिक न्याय, भूमि सुधार, आधारभूत शिक्षा लगायतमा उपलब्धिमूलक काम हुने जवाफ दिए ।

‘बीपीको नेतृत्व सबैभन्दा महत्त्वपूर्ण थियो । बीपीलाई नेपालमा पुनर्जागरणको प्रतिकका रूपमा लिन्छौँ । विचार, जीवन पद्धति र समाजका लागि गरेको योगदानको दृष्टिकोणले । बीपीले निरन्तरता पाएको भए,’ उनी भन्छन्, ‘बीपीले १५ वर्षको समय पाएको भए सामाजिक न्याय, भूमिको क्षेत्रको सुधार, आधारभूत शिक्षा लागू हुने थियो । त्यसले हामीलाई भविष्य दिने थियो ।’

अहिले नेपालमा संविधान एकदम राम्रो तर नेतृत्वमा निष्ठाको कमी देखिँदा बीपीले अपेक्षा गरेको परिवर्तन हुन नसकेको अधिकारीको भनाइ छ ।

बीपीले संविधान वा प्रजातन्त्रको कुरा गर्दा निष्ठाको कुरासँग सँगै गरेको उनी भेटाउँछन् । उनका अनुसार बीपीले ‘मलाई कागजको खोस्टामा के लेखिएको छ भन्ने होइन । राजाको निष्ठा छ कि छैन यो पद्धतिमा भन्ने कुरा मेरा लागि महत्त्वपूर्ण हो,’ भनेर राणा र राजाको निष्ठामाथि प्रश्न उठाएका थिए ।

अहिले नेपालमा संविधान एकदम राम्रो तर नेतृत्वमा निष्ठाको कमी देखिँदा बीपीले अपेक्षा गरेको परिवर्तन हुन नसकेको अधिकारीको भनाइ छ । ‘निष्ठाको कमी देखिँदा बीपीले रूपान्तरित समाजमा अपेक्षा गरेको परिवर्तन देखिरहेका छैनौँ । हाम्रो मूल मुद्दामा परिवर्तन कहाँ भएको छ र रु हामीले संविधानलाई प्राविधिक दस्ताबेजका रूपमा लिएका छौँ । पावरका लागि र पावरमा पुगेपछि कसरी टिक्नेमा केन्द्रित भयौँ,’ उनी भन्छन् ।

अधिकारीका अनुसार संविधानको कार्यान्वयन गर्न लगन, निष्ठा, स्थिरता र कानुनी शासन चाहिन्छ । अहिले कानुनी शासन भन्ने कुरामाथि प्रश्न उठेको छ । ‘केन्द्रले हस्तक्षेप नगर्दा चार वटा प्रदेशमा कांग्रेसको र तीन वटा प्रदेशमा एमालेको सरकार बन्दछ । तर, केन्द्रको आशीर्वादका कारण प्रदेशमा स्थायित्व हुन सकेको छैन,’ उनी भन्छन् ।

मुलुक जोगाउने रणनीति र लोकतन्त्र जोगाउने रणनीति फरक हुन नहुने अधिकारीको भनाइ छ ।

कांग्रेसले बीपीको विचारलाई अङ्गीकार गरेको भए आज यो अवस्था आउने थिएन : मञ्चला झा, त्रिविकी उपप्राध्यापक

महामन्त्री थापाले उपप्राध्यापक झालाई बीपीका समयमा सोसल इन्जिनियरिङबारे जिज्ञासा राखेका थिए । ‘बीपीले १५ वर्ष गुमाउँदा सोसल इन्जिनियरिङ कसरी अवरुद्ध भयो’ भन्ने प्रश्नमा झाले राजा महेन्द्रको एउटै भाषा एउटै भेषको नीतिले त्यसलाई अवरुद्ध गरेको बताइन् ।

‘राजा महेन्द्रको एउटै भाषा एउटै भेषको नीति थियो । यसले बीपीको सोसल इन्जिनरिङलाई पुरापुर भत्काइदियो । त्यसपछि हामी एकैपटक २०४६ सालमा समानताको विषयमा प्रवेश गर्नुपर्ने अवस्था आयो,’ उनी भन्छन् । मैले त्यो १५ वर्षलाई कल्पनामा होइन यथार्थमा मैले लिन्छु ।

बीपीले समाजको विविधतालाई समानतामा बदल्ने नीति ल्याउनु भएको थियो । ९० प्रतिशत नेपालीको अनुहारमा हाँसो ल्याउने उहाँको भनाइ थियो ।’

‘बीपीले १५ वर्ष पाउनु भएन भन्ने हाम्रो रुवाबासी होइन । रुवाबासी गर्ने कुरामा बीपी पनि विश्वास गर्नुहुन्थेन । बीपीले मात्र गर्न सक्नुहुन्थ्यो । कसैले गर्न सक्दैन भन्ने पनि होइन । किन भने बीपी कोइराला यसमा आफै विश्वास गर्नुहुन्नथ्यो ,’ थापाले भने ।

‘आन्दोलनका क्रममा बीपीले तराई, पहाड, हिमाल सबैलाई साथमा लिएर हिँड्नुभएको थियो । कांग्रेसले बीपीको विचारलाई अङ्गीकार गरेको भए आज यो अवस्था आउने थिएन । क्रान्तिकारी छट्पटाहटले गर्दा जंगबहादुरले जस्तो सोच्न सक्नु भएन । देव शम्शेरले जस्तो सोच्नु भयो,’ उनले भनिन्, ‘सिद्धान्त र व्यवहारमा एक भएको व्यक्तिका रूपमा देखेकी छु । त्यो समयमा एक वर्षमा १६ सय विद्यालय स्थापना गर्नु चानचुने कुरा थिएन ।

उनका अनुसार बीपीले १५ वर्षको समय पाएको भए लाखौँको सङ्ख्यामा युवा वैदेशिक रोजगारको सिलसिलामा विदेश जानुपर्ने अवस्था आउने थिएन । ‘पाँच किलो मलका लागि सर्लाही र महोत्तरीका किसानले भारतीय एसएसबीको डण्डा खानुपर्ने थिएन,’ झाले भनिन् ।

कार्यक्रमको अन्त्य गर्दै महामन्त्री थापाले ‘बीपीले नपाएका १५ वर्ष’ विषयक बहसको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए । ‘बीपीले १५ वर्ष पाउनु भएन भन्ने हाम्रो रुवाबासी होइन । रुवाबासी गर्ने कुरामा बीपी पनि विश्वास गर्नुहुन्थेन । बीपीले मात्र गर्न सक्नुहुन्थ्यो । कसैले गर्न सक्दैन भन्ने पनि होइन । किन भने बीपी कोइराला यसमा आफै विश्वास गर्नुहुन्नथ्यो ,’ थापाले भने ।

बीपी मूर्ति पूजा गर्ने कुरामा विश्वास नगर्ने भन्दै उनको जस्तै आलोचनात्मक चेतबाट हेर्ने प्रयासका रूपमा बहसलाई अर्थ्याए । ‘१५ वर्ष नगुमाएको भए के हुन्थ्यो र आजको दिनमा नगुमाउने कुरामा के हु भन्ने बुझ्ने एउटा प्रयास गर्‍यौँ,’ थापाले भने ।

रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्