४ जेष्ठ २०८१, शुक्रबार

 

श्रेष्ठप्रति बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको अन्तिम श्रद्धाञ्जली

काठमाडौं । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले इन्जिनियर भुपेन्द्र लाल श्रेष्ठको निधनमा श्रद्धाञ्जली सभा गरेको छ ।

शुक्रबार पशुपती आर्यघाटमा समाजका आजिवन सदस्य श्रेष्ठको पार्थिव शरीरमा बागलुङ समाजको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिइएको हो।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठ, सचिव किस्मत मणि श्रेष्ठ, समाजका पदाधिकारी र सदस्यहरुले अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।

झोलुङ्गे पुलको क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएको श्रेष्ठको निधनले देश र समाजलाई अपुरणिय क्षेति पुगेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले बताउनु भयो । कार्यक्रमको संचालन समाजका सचिव किस्मत मणि श्रेष्ठले गर्नु भएको थियो ।

बागलुङ नगरपालिका ३ भिमसेन चोकमा जन्मनु भै हाल काठमाण्डौको चन्द्रागिरि नगरपालिका ११ सतुङगलमा बसोबास गर्नु हुने श्रेष्ठको ६६ वर्षको उमेरमा बिहीबार बिहान ११ बजे निधन भएको थियो ।

श्रेष्ठले केहि समयदेखि क्यान्सर रोगको उपचार गराई रहनु भएको थियो ।श्रेष्ठ २०१५ जेठ १५ गते पिता माथवर श्रेष्ठ र माता देवी कुमारी श्रेष्ठको कान्छा छोराका रूपमा बागलुङ नगरपालिका–३ भिमसेन चोकमा जन्मनु भएको थियो ।

श्रेष्ठको पार्थिव शरीरमा प्रदेश सभा मन्त्री बहादुर सिंह लामाले राष्ट्रिय झण्डा ओढाउनु भएको थियो । नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाण्डौले पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरिएको थियो ।त्यस्तै इन्जिनियरिङ यशोसियसनले पनि श्रद्धाञ्जली अर्पण गरेको थियो ।

श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रेष्ठलाई उनका छोरा छितिज श्रेष्ठले दागबत्ती दिएका छन् ।श्रेष्ठका श्रीमती यमुना देवी श्रेष्ठ, छोरा छितिज श्रेष्ठ छोरी स्वेता श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले बागलुङको बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने विश्वकै लामो झोलुङ्गे पुल, पर्वतको सदरमुकामदेखि ज्ञादीसम्म र कुश्मादेखि बागलुङ कैयासम्म र बागलृुङ नगरपालिका ३ गुठीदेखि बानपा( ९ तित्याङ जोड्ने झोलुङ्गे पुलको डिजाइन र निर्माणमा पनि श्रेष्ठले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

‘सिङ्गल स्पान मा बनेको ५६७ मिटर लामो पुल निर्माण गर्न श्रेष्ठले सस्पेन्सन ब्रिज डिभिजन महाशाखामा रहदा त्यसको समन्वय र नेतृत्व गर्नु भएको थियो ।

अठार महिनामा बनाउने भनेको उक्त पुल श्रेष्ठको नेतृत्वमा १५ महिनामै सम्पन्न भएको बागलुङ नगरपालिकाका पूर्वमेयर जनक राज पौडेलले जानकारी दिनु भयो ।

२०३० सालमा विद्यामन्दिर माध्यमिक विद्यालयबाट एसएलसि उर्तीण गरेका श्रेष्ठले ईन्जिरिनिङ कलेज पुल्चोकबाट उच्च शिक्षा हासिल गरेका थिए ।

श्रेष्ठ विद्यार्थी कालमा वामपन्थी राजनीतिमा सक्रिय हुनु हुन्थ्यो । श्रेष्ठ मोहन वैद्यले नेतृत्व गरेको तत्कालिन नेकपा मशालको विद्यार्थी संगठन अखिलमा क्रियाशिल भएको वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

२०३७ सालदेखि श्रेष्ठले सस्पेन्सन ब्रिज डिभिजन महाशाखामा सेवा आरम्भ गरि ३८ वर्षसम्म झोलुङ्गे पुल निर्माणमा उल्लेख योगदान दिनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्