६ कार्तिक २०८३, बिहीबार

 

पोखरामा प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितले देखाए कालोझण्डा

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सहकारी पीडितहरूले कालोझण्डा देखाएका छन् ।

सूर्यदर्शन सहकारीका पीडितहरूले बुधबार बिहान गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा सभागृहमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरेको बताएका छन् ।

यो सरकार पीडितहरूको पक्षमा छ । ५ लाखसम्मको बचत फिर्ता गर्ने सरकार यही हो ।

यस्तो सरकालाई कालो झन्डा देखाएर तपाईंहरुले ब्लण्डर गर्नुभयो प्रचण्डले भने ।

कालो झण्डा देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने प्रहरीको कुटाइबाट घाइते भएका दुई जना घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung