बागलुङ । अमेरिकी राष्ट्रपति पदमा जित सुनिश्चित भएका डोनाल्ड ट्रम्पलाई विश्वभरीबाट बधाई आउन सुरु भएको छ ।
रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका डोनाल्ड ट्रम्पलाई बहुमत पुग्न २७० इलेक्टोरल भोट आवश्यक भएकोमा अब मात्रै ५ इलेक्टोरल भोट आवश्यक छ ।
उहाँलाई बेलायतका प्रधानमन्त्री किर स्टार्मर, इटालीका प्रधानमन्त्री ज्योर्जा मेलोनी, फ्रेन्च राष्ट्रपति इमानुएल माक्रों, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, हङ्गेरीका प्रधानमन्त्री ओर्बान भिक्टर जितका लागि बधाई दिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पलाई जितको बधाई दिँदै उनको अघिल्लो कार्यकालजस्तै आपसमा मिलेर सहकार्य गर्न इच्छुक रहेको जनाएका छन् भने हङ्गेरीका प्रधानमन्त्री भिक्टरले पनि ट्रम्पलाई शानदार पुनरागमन गरेको भन्दै बधाई दिएका छन् ।
उनले ट्रम्पको जितलाई ‘विश्वका लागि आवश्यक’ भनेका छन् ।फ्रेन्च राष्ट्रपति माक्रोंले पनि ट्रम्पलाई बधाई दिँदै आगामी दिनमा सहकार्यका लागि उत्सुक रहेको जनाएका छन् ।













































































































































































































