४ जेष्ठ २०८१, शुक्रबार

 

सिटी एक्सप्रेस मनि ट्रान्सफर र सिगे मनि ट्रान्सफर बीच समझदारी

सिटी एक्सप्रेस मनि ट्रान्सफर र सिगे मनी ट्रान्सफर विच रेमिटेन्स सेवा सुरू गरी सेवा दिने समझदारी भएको छ ।समझदारी पत्रमा सिटी एक्सप्रेस प्रबन्धक चन्द्र टण्डन र सिगे मनिका चिफ अपरेटिड अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका छन ।

समझदारी अनुसार अमेरिकामा रहेका रहेका नेपालीले सिगे मनि टानसफर मार्फत नेपालमा रकम पठाउन सक्ने छन ।यो सहकार्यपछि ग्राहकले सिटी एक्सप्रेसका ६ हजार एजेन्ट मार्फत यो सेवा लिन सक्नेछन ।सिगे मनि टान्सफर विश्व भरी १३० मुलुकमा संजाल भएको मनि एक्सप्रेस हो ।

प्रतिक्रिया दिनुहोस्