बागलुङ, १६ चैत्र
नेपाल पत्रकार महासंघको ६२ औँ स्थापना दिवसको अवसरमा पत्रकार महासंघ बागलुङ शाखाले ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ भन्ने मुल नाराका साथ महासंघको भवन निर्माणका लागि आर्थिक अभियान सुरु गरेको छ । महासंघको आफ्नै भवन निर्माणका लागि बा.न.पा. २ मा जग्गा व्यवस्थापन गरि भवन निर्माण सहयोग अभियान शुभारम्भ गरेको छ ।
आधुनिक सूचना केन्द्र सहितको भवन लागि अभियानमा शुभारम्भको पहिलो दिन ११ लाख भन्दा बढि रकम संकलन भएको नेपाल पत्रकार महासंघ बागलुङ शाखका सचिव राम थापा अविरलले बताए ।
भवन निर्माणको लागि महासंघको पदाधिकारीले न्युनतम २० हजार, सल्लाहकारले १० हजार, कार्यसमिति सदस्य, केन्द्रिय सभासदले न्यनुतम ५ हजार, प्रदेश सभासदले ३ हजार र साधारण सदस्यले न्युनतम १ हजार प्रदान गर्ने निणर्य गरेको थियो । महासंघ शाखामा हाल १ सय ८१ जना पत्रकार आवद्ध छन् ।
२०५७ सालमा स्थापना भएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाले लामो समयको पहल र अभ्यासबाट आफ्नै जग्गामा भवन निर्माणको लागि सहयोग संकलन भइरहेको शाखाले जनाएको छ । भवन निर्माणका लागि माननिय सांसद प्रकाश शर्मा पौडेलको , सांसद चम्पा देवी खड्को सांसद विकास कोष बाट, र जिविस, बागलुङ नगरपालिका लगायतका सघं संस्थाबाट बिनियोजित करिब १० लाख रुपैयाँको सम्झौता भइसकेको छ भने सञ्चार मन्त्रालयबाट बिनियोजित ५ लाखको सम्झौता हुन बाँकी रहेको बताइएको छ । हाल सम्म करिब २५ लाख संकलन भै सकेको महासंघले जनाएको छ ।
बिदेशमा रहेका महासंघका साधारण सदस्य सँग समन्वय गरि बिदेशमा समेत अभियान सञ्चालन गरिएको र १० आना जग्गामा करिव १ करोड ३० लाख लागतमा तिन तले सुुविधा सम्पन्न, भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरिने महासंघका अध्यक्ष दिल शिरिषले बताए ।
गत माघ ९ गते नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डाक्टर महेन्द्र विष्ट द्वारा भवनको सिलान्यास गरिएको थियो । अभियानमा सबैको सहयोगका लागि महासंघले अपिल गरेको छ ।
शुभारम्भ कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले अहिलेको परिवेशमा सुचना र संचार क्षेत्रबाट कोही पनि टाढा हुन नसक्ने भन्दै यसको सामिप्यता बढाउनका लागि हामी सबैले सामुहिक पहल थाल्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल संयोजक हरिनारायण गौतम, नेपाली काँग्रेस बागलुङका पार्टि सभापति दिपेन्द्र बहादुर थापा, सल्लाहकार रामबहादुर जि.सी., निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा सल्लाहकार ज्ञानेन्द्र गौतम, लगायतले बोलेका थिए । कार्यक्रम अध्यक्ष दिल शिरिषको अध्यक्षता उपाध्यक्ष नरेश कंडेलको स्वागत र सचिव राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।






























































































































































































