१८ बैशाख २०८१, मंगलवार

 

भाडामा बस्नेको विवरण राख्न गृहको निर्देशन

गृह मन्त्रालयले राजधानीलगायत सहरी क्षेत्रमा घर बहालमा बस्नेहरूको विवरण अद्यावधिक गर्न फेरि निर्देशन दिएको छ । साताअघि निर्देशन दिएको मन्त्रालयले त्यसलाई कार्यान्वयन गर्न पुनः सूचना जारी गरेको हो ।
सूचनामा नजिकको प्रहरी कार्यालयमा भाडावालको विवरण राख्न मातहत निकायलाई निर्देश गरिएको छ ।

शान्तिसुरक्षाको सबालमा प्रश्न खडा भएको र चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आपराधिक क्रियाकलाप वृद्धि भएकाले भाडावालकाे विवरण राख्नुपरेको गृहले जनाएको छ । साथै सहरकेन्द्रित भई विस्फोटक पदार्थ भण्डारण र प्रयोग गरी अराजक गतिविधि हुने क्रम जारी रहेको सूचनामा उल्लेख छ ।

घरभाडामा दिने र लिने व्यक्ति, भाडामा बस्ने संस्था तथा कार्यालयको समेत विवरण बुझाउन गृहको निर्देशन छ । यसका लागि घरधनीले व्यक्ति र संस्थाको परिचय खुल्ने कागजातसहितको विवरण नजिकको प्रहरी चौकी वा इकाइमा उपलब्ध गराउनुपर्नेछ । यसअघि माओवादी द्वन्द्वकालमा पनि तत्कालीन शाही सरकारले भाडामा बस्ने नागरिकको विवरण अद्यावधिक राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्