घनश्याम गौतम, गलकोट चैत्र १७
बागलुङ सदरमुकाम बाट जिल्लाको बाटाकाचौरका लागि छुटेको पिकअप जिप विहिबार जिल्लाको दुदिलाभाटीकाे पेरिबाङ भन्ने ठाउँमाा दुर्घटना भएको छ ।
ध १ ज १३४ नं को पिक अप जिप दिउँसो करिव १ बजे पेरिबाङको ठाडो बाटोमा चिप्लिएर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परि जिपमा सवार ५ जना सामान्य घाईते भएका छन् भने १ जना गम्भिर घाईते भएको प्रहरी चौकी नरेठाटीले जनाएको छ । जिपमा सबार ६ मध्ये बरेङ गाउपालिका वडा १ धुल्लुबाँस्कोटका ४८ बर्षिय सेतु मियाको अबस्था गम्भीर रहेका प्रहरीले जनाएको छ । उनको अहिले इमरजेन्सी पोलीक्लिनिक प्रा.लि हटियामा उपचार भैरहेको छ ।
अन्य घाईते मध्ये सोही स्थानका ७२ बर्षिया नलिना खातुन, ३८ बर्षिया सलिम मिया, ३८ बर्षिया जमिला खातुन र २३ वर्षिया मञ्जीला खातुन रहेका छन । घाईते ५ जनाको अवस्था सामान्य रहेको ट्राफिक प्रहरी हबल्दार महेन्द्र बहादुर खत्रीले जनाकारी दिए ।
घाँस काट्दै गरेकी १ स्थानिय महिलाले जिप दुर्घटनामा परेको देखेपछि तत्काल स्थानियले उद्धार गरेका थिए ।






























































































































































































