२ कार्तिक २०८३, आईतवार

 

जैमिनी नगरपालिकामा मेयरका आधा दर्जन बढि आकांक्षी

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा जैमिनि नगरपालिकामा मेयरका आकांक्षी को—को हुदैँछन भन्नेबारे चर्चा शुरु भएको छ । त्यस नगरपालिका भित्र पनि नेपाली काग्रेसमा मेयर उम्मेदवारको टिकट लिन दौडधुप गर्नेहरू पनि बढेका छन् । जैमिनी नगरपालिका भित्र पनि कसलाई उम्मेदवारका रूपमा अघि सार्ने भन्नेबारे रस्साकस्की जारी छ । एकै ठाउँमा आधा दर्जनभन्दा बढीको नाम चर्चामा छ ।
तत्कालीन १० गाविस मिलेर बनेको नगरपालिकामा मेयर बन्न नेताहरू दौडधुपमा लागेका हुन् ।

कांग्रेस पार्टीका नेता मेयर उम्मेदवारको टिकट लिन जिल्लादेखि पार्टीका केन्द्रीय नेतासमक्ष लबिङ गर्दै आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।
कांग्रेसभित्र मेयरका लागि हालसम्म नवराज पौडेल, इन्द्रराज पौडेल ,हरिहर शर्मा, दुर्गादत्त आचार्य,भोजराज रेग्मी र हरि आचार्य मेयरमा आकांक्षी देखिएका छन । मेयरको चर्चामा रहेका नवराज पौडेल नेपाली कांग्रेस जिल्ला सचिव हुन । त्यस्तै इन्द्रराज पौडेल पूर्व महासमिति सदस्य हुन भने हरिहर शर्मा तत्कालीन क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधी एवं युवा नेता हुन । त्यस्तैगरी दुर्गादत्त आचार्य महाधिवेशन प्रतिनिधी,भोजराज रेग्मी क्रियाशील सदस्य र हरि आचार्य जिल्ला सदस्य रहेका छन ।
पार्टीले जिम्मेवारी दिए आफूहरु नगरपालिका प्रमुख भई भूमिका निर्वाह गर्न इच्छुक रहेको उनीहरुको धारणा छ । संविधान सभाको निर्वाचनमा विजय भएको नेपाली काग्रेस भित्र मेयरमा कसलाई टिकट दिने भन्ने विषयको चर्चा हुन थालेको छ ।

कमजोर उम्मेदवार भए नेपाली काँग्रेस हार्ने खतरा रहेको आकांक्षी हरुको भनाइ छ ,जसका कारण पनि कसलाई टिकट दिने भन्ने विषयमा आन्तरिक छलफल भएको छ । चुनाव मिति नजिक आउँदै गर्दा आफुलाइ गाउँपालिका तथा नगरपालिका प्रमुखको दावी पस्तुत गर्दै पार्टी नेता तथा कार्यकर्ताहरुमा लबिङ गर्न थालेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung