३ श्रावण २०८३, आईतवार

 

नयाँ शक्तिद्धारा निर्वाचन कार्यालय घेराउ

बागलुङ,२१ चैत्र
निर्वाचन आयोगले दलको मान्यता नदिएपछि नयाँ शक्ति पार्टीको देशव्यापी घेराउ कार्यक्रम अन्र्तगत बागलुङ जिल्लामा पनि आइतवार जिल्ला निर्वाचन कार्यालय घेराउ गरिएको छ । निर्वाचन आयोगले पहिले नयाँ शक्ति पार्टी आँखा चिह्न दिएपनि अहिले आएर संंसदमा प्रतिनिधित्व गर्ने दलहरुबाहेक सवैलाइ स्वतन्त्र चिह्न दिएको विरोधमा देशव्यापी धर्ना कार्यक्रम गरिएको जिल्ला संयोजक चित्र सापकोटाले बताए । २ घण्टा भएको लामो धर्ना कार्यक्रममा केन्द्रिय परिषद सदस्य कृष्ण सापकोटा,कुशल बुढा मगर,प्रदेश सदस्य युनिश मिँया तथा जिल्ला संयोजक चित्र सापकोटाले सम्वोधन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रकाश केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung