२९ बैशाख २०८१, शनिबार

 

चुनावी तालमेलका लागि बार्ताटोली गठन

नेकपा माओवादी केन्द्र बागलुङको २ दिने कार्यालय बैठकले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनमा जिल्लाको राजनीतिक शक्ति सन्तुलनको आधार र पार्टीको सांगठनिक अवस्था अनुसार उम्मेद्वारको घोषणा र चुनावी तालमेल हुने नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक चन्द्र बहादुर बुढा सागरले बताए । बैठकले ७ सदस्यीय बार्ता टोली समेत गठन गरेको छ । उक्त टोलीमा फमलाल न्युरे,चन्द्रबहादुर बुढा सागर,ज्ञामनाथ गैरे,कृष्णबहादुर केसी,राजीव घिमिरे,निर्मल श्रेष्ठ र तुल्सी अर्याल रहेका छन । आज सम्पन्न बैठकले बैशाखको पहिलो हप्तासम्म वडा,गाउँ र नगरको उम्मेद्वारी तय गर्ने संगठन परिचालन, बैठक र जनभेटघाटलाई व्यवस्थित गर्नका लागि १९ सदस्यीय समिति गठन गरेको छ । जनवर्गीय संगठन र मोर्चा संगठनहरुको बैठक गर्ने र वाइसीएलको जिल्ला सम्मेलन बैशाख ९ गते बागलुङ बजारमा गर्ने निर्णय गरेको छ । पार्टी संगठनको अनुशासनलाई व्यवस्थित गर्न ३ सदस्यीय अनुशासन विभाग समेत गठन गरेको छ । उक्त विभागमा क्याप्टेन पूर्णबहादुर राना संयोजक र तुल्सी अर्याल,चेतनारायण पौडेल सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस्