४ श्रावण २०८३, सोमबार

 

गलकोटमा पत्रकारीता तथा उद्घोषण तालिम सम्पन्न

प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाले हटियामा आयोजना गरेको ५ दिने पत्रकारिता तथा उदघोषण तालिम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गलकोट नगरपालिकाका कार्यकारी अधिकृत प्रदिप चन्द्र सुवेदीले समाजका यथार्थ कुरा बाहिर ल्याउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भन्दै विकासमुखी पत्रकारितामा अघि बढन तालिमको भूमिका रहने बताउनु भएको छ ।

सो अवसरमा गलकोट पत्र साप्ताहिकका कार्यकारी सम्पादक बिर बहादुर चोखाल, गलकोट पत्रकार समाजका अध्यक्ष मित्र खरेल, प्रभु बैंक गलकोटका शाखा प्रबन्धक चेतनारायण गौतम, बागलुङ उद्योग वाणिज्य संघ गलकोट ईकाई अध्यक्ष बीरेन्द्र श्रेष्ठ, गलकोट बहुमुखी क्याम्पसका सहायक प्रमुख चुडामणि शर्मा, गलकोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डे, गलकोट नगरपालिका वडा नं ३ र ४ का वडा सचिव कुलराज पौडेल, युवा तथा खेलकुद समन्वय समितिका अध्यक्ष बिरजंग भण्डारी, महिला समाजसेवी विष्णु रानाले शुभकामना मन्तव्य र प्रशिक्षार्थी रमा परियारले धन्यवाद मन्तव्य व्यक्त गरका थिए । कार्यक्रममा सहभागी ७५ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो ।

त्यस्तै गलकोट पत्रकार समाजका सदस्यहरुलाई रिघा हाल कुवेतमा कार्यरत छम बहादुर रसाईलीले प्रेस ज्याकेट समेत हस्तान्तरण गरेका थिए । ५ दिन सम्म सञ्चालित तालिममा नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राज भण्डारी, राष्ट्रिय समाचार धौलागिरी संयोजक राम थापा अविरल, सगरमाथा टेलिभिजन म्याग्दी सम्वाददाता सन्तोष गौतम, रेडियो नेपाल बागलुङ सम्वाददाता कोपिला कडेल, रेडियो बुर्तिबाङका स्टेशन म्यानेजर कृष्ण कडेल, गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतमले सहजीकरण गर्नुभएको थियो ।

1000

1000

कार्यक्रम प्रेस सेन्टर गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, सदस्य शान्त खत्रीको स्वागत र तालिम संयोजक सरिता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung