५ श्रावण २०८३, मंगलवार

 

हेमराज शर्मा प्रतिष्ठानद्धारा पुरस्कार प्रदान

हेमराज शर्मा प्रतिष्ठान पैयुपाटा बलेवा बागलुङले उत्कृष्ठ बिद्यार्थीलाई पुरस्कार र सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजसेवी एवं शिक्षाप्रेमी हेमराज शर्माद्धारा स्थापना गरिएको प्रतिष्ठानले उच्च शिक्षाको क्रममा सर्वोत्कृष्ट अंक ल्याउने र जेहेन्दार बिद्यार्थीलाई पुरस्कार र समाजसेवीहरु लाई सम्मान प्रदान गर्दै आएको छ ।

पुरस्कार एवं सम्मान कार्यक्रमको उदघाटन गर्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं सांसद रत्ना शेरचनले समाजमा अग्रजले गर्दै आएको योगदानको सबैले अनुसरण गर्दै जानुपर्ने बताउनुभयो । उहाले प्रतिष्ठानका संरक्षक हेमराज शर्माले राष्ट्र र समाजको लागि गरेको योगदानको प्रशंसा ,सम्मान र कदर जति गरेपनि नपुग्ने हुदा उहाले देखाएको बाटोलाई सबैले अबम्वलन गर्दै जानुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापा,पुर्व पार्टी सभापति एवं सम्मानित व्यक्ति कुलराज शर्मा र जैमनी नगरपालिका समाजसेवी खुमराज पराजुलीले बोल्नुभएको थियो ।

बानपा १३ पैयू“पाटामा आयोजित एक कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालयबाट सर्वोउत्कृठ अकं ल्याउने सागर पौडेल,धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा स्नातक तहका सर्वोत्कृष्ठ ल्याउने पवित्रा कुमारी केसी,बलेवा बहुमुखि क्याम्पसका सुर्य पौडेल,त्रिभुवन माविबाट कक्षा १० मा अध्ययनरत अर्जुन नेपाली र त्रिभुवन माविमा नै कक्षा ३ मा अध्ययनरत कृति परियारलाई जेहेन्दार पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । पुरस्कृति हुनेलाई क्रमश पाच हजार,दुई हजार पाच सय रुप“ैया दुई जनालाई ,जेहेन्दार तर्फ एक हजार पाच सय र अर्का एक जनालाई एक हजार नगद प्रदान गरिएको थियो ।

यसैगरि विकास निमार्ण र सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको भन्दै नेपाली काग्रेसका पुर्व पार्टी सभापति कुलराज शर्मालाई नगद पाच हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यसैगरि सम्मानित हुनेहरुमा नारायणस्थानका भिमबहादुर जिसी,ठाकुर प्रसाद शर्मा, पैयु“पाटाका चक्रप्रसाद उपाध्याय,पदमबहादुर केसी,रन्नाकर शर्मा, लालबहादर रोका,हरिराम शर्मा ,डिल्लीप्रसाद शर्मा,आत्मराम पौडेल रहनुभएको छ ।

हेमराज शर्मा प्रतिष्ठान स्थापना भएको २५ औ बर्ष पुगेका्े छ । प्रतिष्ठानका संरक्षक शर्माको बारेमा बलेवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ज्ञानेन्द्रराज पन्तले जानकारी गराउनु भएको थियो । ेसंस्थाका अध्यक्ष किरण पौडेलको अध्यक्षता,चुडामणी शर्माको स्वागत र कृष्णप्रसाद पौडेलको सञ्ंचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung