प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति बागलुङको शनिवार बसेको बैठकले आगामी बैशाख ३१ गते हुन लागेको आसन्न स्थानीय तहको चुनावका लागि समाचार संकलन गर्नका लागि सवै गाउँ तथा नगरपालिकामा संयोजक तोकेको छ । जसअनुसार बागलुङ नगरपालिकामा दिल निशानी मगर,काठेखोला गाउँपालिकामा खगेन्द्र विक,गलकोट नगरपालिकामा थम्मन थापा,ढोरपाटन नगरपालिका,निसीखोला गाउँपालिका,तमानखोला गाउँपालिका,बडिगाड गाउपालिकामा कृष्ण कडेँल,ताराखोला गाउँपालिकामा पूर्णभद्र न्यूरे,जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा राम थापा अविरललाई जिम्मेवारी तोकिएको छ ।
प्रेस सेन्टर नेपाल ढोरपाटन नगर समिति,गलकोट नगर समिति र ताराखोला गाउ समितिको बैठक बसेर समाचार संकलनका लागि गाउँ तथा नगरको जिम्मेवारी बाँडफाड गरिने अध्यक्ष राम थापा अविरलले बताए । बैठकले जैमिनि नगरपालिका ,निसीखोला गाउँपालिका,तमानखोला गाउपालिका ,बडिगाड गाउपालिका र बरेङ गाउँपालिकामा प्रेस सेन्टर गठन गर्ने निर्णय गरेको छ ।
बैठक प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष राम थापा अविरलको अध्यक्षता र सचिव खगेन्द्र विकको सञ्चालनमा सम्पन्न भएको थियो ।






























































































































































































