२ कार्तिक २०८३, आईतवार

 

६ सय ५१ म्यादी प्रहरी छनोट, ४ स्थानबाट तालिम सुरु

स्थानीय निर्वाचनलाइ केन्द्रित गरेर भर्ना लिइएको म्यादी प्रहरीहरुको तालिम प्रारम्भ भएको छ । कुल १ हजार ३ सय ७४ जनाले म्यादीमा आवेदन दिएमध्ये ६ सय ५१ जना छनोट गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख चन्द्र कुवेर खापुङले बताए । जिल्लाका ३ इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङमा उनीहरुलाइ एउटै कोर्समा तालिम दिइएको उनले बताए ।

छनोट गरिएमध्ये पहिला शसस्त्र प्रहरी,जनपथ,सेना र म्यादी प्रहरीमा काम गरेकाहरुलाई प्राथमिकताका साथ छनोट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता अनिलकुमार खड्काले बताए । १२ दिनसम्म चल्ने तालिम जिल्ला प्रहरी कार्यालयबाट ५ सय १३,इप्रका बुर्तिबाङबाट ५५ जना,इप्रका गलकोटबाट ४६ जना,इप्रका बरेङबाट ३० जना म्यादी प्रहरीलाइ तालिम दिइएको खड्काले बताए । २६ गतेदेखि सुरु भएको तालिममा ५ सय ४० पुरुष र १ सय ११ महिला म्यादी प्रहरीहरु सहभागि छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung