बागलुङको ढोरपाटन नगरपालिकामा रहेका क्रियाशिल कम्युनिष्ट पार्टीहरु विच आगामी बैशाख ३१ को स्थानीय निर्वाचनमा बाम तालमेल गरेर चुनाब लड्न सहमतिका लागि भएको छलफलमा नगर प्रमुख पदमा राजमो र माओबादी केन्द्र विचको छलफल भंग भएको छ । बार्ता भंग भएपछि सोमबार बुर्तिबाङमा भएको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा क्रान्तिकारी माओवादीका नेता विचको छलफलपछि उनिहरु चुनावी मोर्चाबन्दी गरेर जान सहमत भएका छन ।
चुनाबि तालमेलमा आउन राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपाल पार्टीलाई पनि आव्हान गर्ने निर्णय भएको एमाले नेता मोहनलाल शर्माले जानकारी दिए ।
राष्ट्रिय जनमोर्चाले र माओबादी केन्द्र दुबैले नगर प्रमुखमा दावि गरेको र एक अर्कालाई स्विकार्न नसकेपछि हिजो राष्ट्रिय जनमोर्चा सहितको बार्ता हुन नसकेको नेकपा माओबादी केन्द्र ढोरपाटन नगरसमितिका अध्यक्ष चन्द्र अर्यालले बताए । उनले भने ‘राष्ट्रिय जनमोर्चालाई पनि चुनावी मोर्चामा सहभागी हुन सामुहिक आव्हान गर्दछौँ ।’
यता जनमोर्चाले ढोरपाटन नगरपालिकामा ९ वटा वडा मध्ये ५ ओटामा जनमोर्चा अगाडि रहेको कारण नगरप्रमुखमा हाम्रो दावि रहेको अखिल नेपाल युवक संघ बागलुङका अध्यक्ष भिमसेन बनले बताए । बामहरुले नयाँ शक्ति पार्टीलाई पनि एउटै मोर्चामा सामेल भएर स्थानीय निर्वाचनमा जाने वातावरण बनाउन अत्याधिक पहल गर्ने बताएका छन ।













































































































































































































