
बागलुङ-नेपाली काँग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले स्थानीय तहको निर्वाचनमा काँग्रेसको पक्षमा जनलहर आउने विश्वास व्यक्त गरेकाी छन । नेपाल तरुण दल बागलुङले आयोजना गरेको पार्टि प्रवेश कार्यक्रममा बोल्दै शेरचनले आगामी चुनावमा नेपाली काँग्रेसलाई मुलुकको सबै भन्दा ठुलो पार्टि बनाई समृद्ध राष्ट्र निर्माणका लागि नयाँ कदम चाल्नुपर्ने बताईन । नव प्रवेशीहरुलाई स्वागत गर्दै नेतृ शेरचनले काँग्रेसको सिद्धान्त र विचारलाई आत्मसाथ गरेर आएका जो कोहीलाई पनि काँग्रेसले सम्मान तथा उच्च कदर गर्ने बताईन । कार्यक्रममा जैमुनि नगरपालिका वडा नं. ८ छिस्तीका मिमबहादुर श्रीष मगर थोमसको नेतृत्वमा दर्जनौ कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । सो अवसरमा नेपाली काँग्रेस बागलुङका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, बागलुङ क्षेत्र नं. २ का सांसद एवं पुर्व पार्टि सभापति प्रकाश शर्मा पौडेल, सांसद चम्पादेवी खड्का, काँग्रेसका जिल्ला सचिव नवराज पौडेल, जिल्ला सदस्य ओमकार थापा, क्षेत्र नं. २ का क्षेत्रीय कोषाध्यक्ष विजय अधिकारी लगायतले बोलेका थिए ।
नेकपा माओबादी केन्द्र र राजमोका कार्यकर्ताहरुले नेपाल तरुणदल तथा नेपाली काँग्रेसको सदस्यता लिएका थिए । प्रवेश गर्नेमा जैमुनी नगरपालिका ८ छिस्तीका गमबहादुर मगर, शेरबहादुर घर्ति, भिमबहादुर श्रीष, विरेन्द्र पुन, अशिष श्रीष, बसन्त पुन, दिल क्षेत्री, खेम बहादुर क्षेत्री , सुशिल कुँवर, मायाँ मगर, बिशाल गुरुङ कपिल कुँवर लगायतका दजैनौ कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका थिए । नेपाल तरुण दलका जिल्ला अध्यक्ष उमकान्त शर्मा बाबुको अध्यक्षता, उपाध्यक्ष कृष्ण पौडेलको स्वागत र काँग्रेसका महाधिवेशन प्रतिनिधि गणेश सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।