बिहिबार विजयी जुलुस मनाउने क्रममा प्रहरीले सडकमा फेला पारेको सुनको औठी संम्वन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । बागलुङ नगरपालिका वडा नं ३ निवासी निर्मल बहादुर श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले शुक्रवार हस्तान्तरण गरेका छन ।

औठी प्रहरीले भेटाएको समाचार नयाँ विश्वले सार्वजनिक गरेपछि सम्पत्तिको शुरक्षा भएको श्रेष्ठले बताए । ‘हामीले स्थानीय संचार माध्यम र सामाजिक संजाल मार्फत यो सुचना बाहिर लगेका थियौ । आज संम्वन्धित व्यक्तिलाई औठी दिन पाउदा धेरै खुशि लागेको छ । ’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले भनेँ । औठी हराएका श्रेष्ठ नयाँ विश्व प्रकाशन गर्ने संस्था नागरिक संचार प्रालिका अध्यक्ष समेत हुन ।














































































































































































































