७ जेष्ठ २०८१, सोमबार

 

पर्वतका ८ विद्यालयलाई लायन्सको सवा ८ लाख सहयोग

सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लब अफ कुश्मा सिटिले जिल्लाका आठ वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

ठाकुरबहादुर पौडेल र लायन्स कुस्मा सिटीकी संस्थापक सदस्य उषा पौडेल भण्डारीको सक्रियतामा जापानमा रहेको लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३३६ सी २ आर अन्तरगत रहेका पाँच वटा लायन्स क्लब, यरी निसोआरी लायन्स क्लब, उनजेन ओवामा लायन्स क्लब, कोका लायन्स क्लब, हिनोसजो लायन्स क्लबबाट प्राप्त भएको सहयोग जिल्लाका आठ विद्यालयमा हस्तान्तरण गरीएको हो ।

नागासाकी निसी लायन्स क्लब अफ जापानसँग लायन्स कुश्मा सिटिकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीबाट प्राप्त भएको ८ लाख २३ हजार ७ सय २३ रुपैयाँ बराबरको शैक्षिक सामाग्रीत विभिन्न विद्यालयमा हस्तान्तरण गरीएको हो ।

कुश्मा नगरपालिका ३ मा रहेको काफलचौर माध्यमिक विद्यालयलाई आवश्यक तीन वटा ह्वाइट बोर्ड, पुस्तक, ज्यामितय सामाग्री गरी झण्डै ५१ हजारको शैक्षिक सामाग्री तथा पुस्तक वितरण गरीएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष सरस्वती भण्डारीले जिल्लाका विभिन्न गरीब तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनरत विद्यालयलाई केहि सहयोग होस् भन्ने उदेश्यका साथ आफूहरुले विभिन्न विद्यालयमा सहयोग गर्दे आएको र प्राप्त सहयोगको उचित प्रयोग र सदुपयोग हुनेमो आफूहरु विश्वस्त रहेको बताइन ।

क्लबका बर्तमान अध्यक्ष रीता भण्डारीले क्बलबले समाजिक क्षेत्रमा मात्रै नभइ मानवीय साहयताका लागि समेत काम गर्दै आएको बताइन ।
क्बलले मोदी गाउँपालिका ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा १ लाख ५८ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरीसकेको छ ।

त्यस्तै पञ्चकोशी उमावि आर्थरमा १ लाख ४८ हजार, विद्याज्योति प्रावि देउपुरमा २० हजार, फलेवास नगरपालिका पाङराङको शिद्धबाबा उमाविमा ५३ हजार, जलजला गाउँपालिका ३ मा रहेको विद्याज्योति उमावि ५१ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरीसकेको छ ।
लायन्स क्लब अफ पोखरा चौतारी विन्धबासिनीलाई १ लाख ६० हजार हस्तान्तरण गरेको जनाएको छ ।

क्लबले  कुश्मा नगरपालिकाको खौलालाकुरीमा रहेको खौलालाकुरी माविमा ६५ हजार बराबरको प्रोजेक्टर र ह्वाइ बोर्ड वितरण गर्ने जनाएको छ ।

यसैविच  क्लबले अन्तराष्ट्रिय स्तरमा लायन्स क्लब स्थापना भएको एक सय बर्ष पुरा गरेको अबसरमा केक काटेर स्थापना दिवस मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्