४ कार्तिक २०८३, मंगलवार

 

अंग्रेजसँग लडेको अर्जुनबाण गण २१२ बर्षमा, गण रहेको बागलुङमा बिशेष कार्यक्रम

नेपाली सेनाको अर्जुन बाण गणले स्थापनाको २ सय १२ बर्ष पुरा भएको छ । विगत एक बर्षदेखि बागलुङको उपल्लाचौरमा रहेको गणले आफ्नो २ सय १२ औँ बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरि मनायो ।

बार्षिकोत्सवमा आन्तरिक गुल्म प्रतियोगित अन्तरगत भलिवल, बास्केट बल, ह्याण्ड बल, एथलेटिक्स तथा पाण्डोरी प्रतियोगिता गरेको थियो । त्यस्तै सकल दर्जा तथा उनीहरुका परिवारसँग सामुहिक भोज एवं सांस्कृतिक कार्यक्रम पनि भएको अर्जुनबाण गणका गणपति अच्युतम भण्डारीले जानकारी दिए ।

स्थानीय प्रशासनिक निकाय, सुरक्षा निकाय, जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियान्ता, उद्योगि व्यवसायी विच भेटघाट, सामुहिक भोज तथा सांस्कृतिक कार्यक्रम पनि भयो । सरोकारवाला विच भएको कार्यक्रममा नेपाली सेनाको पश्चिम पृतनाका पृतनापती उपरथी जगदिशचन्द्र पोखरेलले केक काटेर बार्षिकोत्सव विशेष कार्यक्रमको उद्घाटन गरे ।

अर्जुनबाण गणका गणपति अच्युतम भण्डारीले बार्षिक प्रगति तथा गणको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा २३ नम्बर बाहिनीका बाहिनीपति कृष्णबहादुर गुरुङ लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
बार्षिकोत्सवको अवसरमा विभिन्न विधाको मुल्याल्याङ्कनमा उत्कृष्टि भएका जवान तथा सदस्यलाई पुरस्कृत गरिएको थियो ।

नेपाली सेनाको अर्जुनबाण गण राजा गिर्वाणयुद्ध विक्रम शाहको पालामा विक्रम संबत १८६२ सालमा स्थापना भएको हो ।
‘शक्ति प्रहार, शत्रु विनास’ भन्ने मुल नारा सहित स्थापित यस गणले नेपाल अंग्रेज युद्धमा समेत भाग लिएको थियो ।

गणले गत बर्ष साउनमा बागलुङको पश्चिम बुर्तिबाङ क्षेत्रमा भएको बाढि पहिरोको घटनामा राहत तथा उद्धार, कालिका भागवती मन्दिर वरपर रहेका जोखिमपुर्ण रुख हटाउन सहयोग, विपत व्यवस्थापन सम्बन्धि तालिममा विभिन्न संघ संस्था तथा निकायलाई सहयोग, भुकम्पले क्षेति पु¥याएका विद्यालयको भत्काएर जोखिम कम गर्न सहयोग, स्थानीय तहको निर्वाचनमा सुरक्षाको जिम्मेवारी जस्ता कार्य गर्दै आएको गणपति अच्युतम भण्डारीले जानकारी दिए ।

अर्जुनबाण गण अन्तरगत बागलुङको काठेखोला गाउँपालिकाको वडा नम्बर–५ घोडाबाँधे र कालिगण्डकी करिडोर निर्माणको लागि बागलुङ नगरपालिकाको वडा नम्बर–१२ को टाकुरी भन्ने ठाउँमा छुट्टाछुट्टै दुई ईकाई रहेका छन् ।

नेपाली सेनाले निर्माणको जिम्मा पाएको कालिगण्डकी करिडोरको निर्माण कार्यमा आफ्नो निर्माण कार्यदलनै बनाएर नेपाली सेना सक्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung