
बागलुङ ताराखोलाकी खुसी बुढा मगर मिस मंगोल नेपालको नवौं संस्करणको उपविजेता भएकी छन् ।

मिस मंगोल उपविजेता खुसी बुढा मगर
मिस मंगोल नेपाल प्रतियोगितामा फोटोजेनिक एवार्डसहित ताराखोला गाउँपालिका–५ की खुसी फस्टरनर्सअप घोषित भएकी हुन् ।
मंगोल समुदायको जातीय पहिचान एवं सांस्कृतिक सेरोफेरो सञ्चालित यो प्रतियोगितामा २९ जना युवतीले प्रतिस्पर्धा गरेका थिए । खुसीले २७ जनलाई पछि पार्दै उपविजेता भएकी हुन् ।
मिस मंगोलको उपाधि भने अनिता लामाले जितेकी छिन् । अनिताले विजेताका रूपमा नगद १ लाख पुरस्कार पनि प्राप्त गरिन् भने प्रतियोगितामा उनी पङ्चुयालिटी विधाको हकदार पनि भइन् ।
श्वेता थापा मगर सेकेन्ड रनर्सअप भईन् ।सभामुख ओनसरी घर्तीमगरको प्रमुख आतिथ्य रहेको प्रतियोगितामा वरिष्ठ चलचित्रकर्मी नीर शाह मुख्य निर्णायक थिए ।

मिस मंगोल उपविजेता खुसी बुढा मगर दायाँतर्फ