३१ बैशाख २०८२, बुधबार

 

नेपाली हाते कागज सम्बन्धि ३ दिने तालिम सुरु

एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत ताराखोला गाउँपालिकामा नेपाली हाते कागज तथा यसबाट बन्ने सामग्री निर्माण सम्बन्धि ३ दिने तालिम सुरु भएको छ ।

नेपाल सरकार कृषि विकास मन्त्रालय, नेपाल उघोग वाणिज्य महासंघ र बागलुङ उघोग वाणिज्य संघ विचको सहकार्यमा ताराखोला गाउँपालिका–५ करिमेलामा तालिम शुरू भएको हो ।

तालिमको उद्घाटन गर्दै नेपाल उघोग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले तालिमपछि नयाँ प्रविधिबाट काम गर्दा समयको बचत हुनुका साथ सामान गुणस्तरिय बन्ने भएकाले मुल्य समेत राम्रो पाउने बताए ।

उनले स्थानीय रुपमा रहेको साधनस्रोतको उपयोगबाट स्थानीय नागरिकले काम अबस्था सृजना गरि उनीहरुको आम्दानी बढाएर अत्मनिर्भर बनाउन कार्यक्रमले सहयोग गर्ने बतााए ।

जिल्ला कृषि विकास कार्यालय बागलुङका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत दिनेश आर्चायले नेपाली हाते कागज र यसबाट बाट उत्पादित सामग्रीको समेत बजारमा माग भएकाल गुणस्तरीय सामान उत्पादन गरेर बजारमा पठाउन सके राम्रो आम्दानी हुने बताए ।

कार्यक्रममा ताराखोला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रोमबहादुर रोका, बागलुङ उघोग वाणिज्य संघका सदस्य तथा एक गाउँ एक उत्पादन कार्यक्रम उपसमिति संयोजक संजय कुमार श्रेष्ठ, नागरिक सञ्चार प्रालिद्वारा प्रकाशित नयाँविश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी, तालिमका प्रशिक्षक राजेश श्रेष्ठ, गाउँ वन समन्वय समिति ताराका अध्यक्ष धनबहादुर बुढा र जुल्फे लोक्ता प्रशोधन तथा हाते कागज उघमी समुहका अध्यक्ष खिमलाल कडेलले मन्तव्य राखेका थिए ।

कार्यक्रम बागलुङ उघोग वाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीको धन्यवाद मन्तव्य र एक गाउँ एक उत्पादन कार्यक्रमका सदस्य सचिव युवक श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

३ दिन सम्म चल्ने तालिममा सहभागिले नेपाली हाते कागज तथा यसबाट बन्ने बस्तुहरुको ग्रेडिङ, लेबलिङ र प्याकेजिङ संम्वन्धि जानकारी पाउने बागलुङ उघोग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए ।

तालिमले सिप विकास हुने, उत्पादनमा वृद्धि हुने, समय वचत हुने र समान गुणस्तरीय समेत हुने प्रशिक्षक राजेश श्रेष्ठले बताए ।

उद्यमी समुहमा स्थानिय २० जना आबद्ध छन् उनीहरुले नेपाली हाते कागज, कागजबाट डायरी लगायतका अन्य सामानहरू उत्पादन गरि विक्रि गर्दै आएका छन् ।

मासिक २० हजार भन्दा बढीको सामान बागलुङ, पोखरा, काठमाण्डौ लगायतका ठाउँमा पठाउने गरेको जुल्फे लोक्ता प्रशोधन तथा हाते कागज उघमी समुहका कोषाध्यक्ष खिरमति धर्तीले बताईन् ।

बागलुङ उघोग वाणिज्य संघले कटिङ मेसिन, विटर मेसिन, तालिम र बजारिकरणको लागि सहयोग गरिरहेको एक गाउ एक उत्पादन उपसमितिका संयोजक संजय कुमार श्रेष्ठले बताए ।

बागलुङमा एक गाउँ एक उत्पादन कार्यक्रम २०६९ सालमा सुरु भएको हो । नेपालमा २०६१ सालदेखि सुरु भएको थियो । कार्यक्रम नेपाल सरकार र नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा सञ्चालन गरिएको हो ।

यो कार्यक्रम सवैभन्दा पहिले जापानमा विक्रम संबत २०३६ सालमा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung