सडक माथिबाट पहिरो खस्दा मध्यपहाडि लोकमार्गको बागलुङ बुर्तिबाङ खण्ड अबरुद्ध भएको छ । लोकमार्गको गलकोट नगरपालिका वडा नम्बर–९ गल्याङमा सडक माथिबाट पहिरो खसेर सडक अबरुद्ध भएपछि सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।
गयराती परेको बर्षाले सडक खनिएको ठाउँमा माथिबाट पहिरो खसेको हुन सक्ने स्थानियले बताएका छन् । पहिरोले दरमखोला लघुजलविद्युत आयोजनाको कुला कुलो समेत पुरिएको छ ।
सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।






























































































































































































