
प्रहरीले पक्राउ गर्ने क्रममा ८ दिन अघि भागेर कालिगण्डकीमा हाम फालेका युवाको शव फेला परेको छ । जेठ २३ गते बेलुका मालढुङ्गाबाट नदीमा हाम फालेका काठेखोला गाउँपालिका–८ का सुनिल पुन बेपत्ता थिए ।

मृतक सुनिल पुन, फोटो नरेश कँडेलको फेसवुकबाट
मालढुङ्गामा रहेको कालिगण्डकी पुल भन्दा केहि तल नदीले बगाउँदै गर्दा शव देखेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।
शव पुनकै रहेको पुष्टि भएको बागलुङका प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले जानकारी दिए । शव भेटिएपछि पोष्ट मार्टमको प्रक्रिया अघि बढाईएको छ ।
लागु औषध प्रयोग गरेको आसंकामा प्रहरीले पक्रने क्रममा छलेर भागेका उनी नदीमा हाम फालेका थिए ।