४ श्रावण २०८३, सोमबार

 

एसईईको परीक्षाफल सार्वजनिक, १२ हजार २८४ परीक्षार्थी ‘ए प्लस’ ग्रेडिङमा

गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार सार्वजनिक गरेको परीक्षाफलअनुसार १२ हजार २ सय ८४ परीक्षार्थी ‘ए प्लस’ शीर्ष ग्रेडिङमा परेका छन्। परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए। यसअघि एसएलसी नामले परिचित यस परीक्षालाई यही वर्षदेखि एसईईमा रुपान्तरण गरिएको हो। माध्यमिक शिक्षा कक्षाा १२ सम्म कायम भएपछि १० कक्षाको परीक्षालाई एसईई भन्न थालिएको हो। हेर्नुहोस् परीक्षाफल संक्षिप्तमा :

थाहाखबर डटकमबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung