३ कार्तिक २०८३, सोमबार

 

पर्बत प्रहरी भन्छ, वेपत्ता शिक्षक पौडेल र भेटिएको शब अनुसन्धानमै छ

तीन हप्तादेखि हराईरहेका पर्वतको कुस्मा नगरपालिका – १ पाङ्गका शिक्षक नारायण पौडेलको बारेमा अनुसन्धान भईरहेको छ । उनको खोजी कार्य र पौडेलको हुनसक्ने भनिएको शबको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

कालीगण्डकी किनारमा भेटिएको शिक्षक नारायण पौडेलको भनिएको शब पोष्टर्माटमका लागि काठमाण्डौ पठाइएको र डिएनए टेष्टको रिर्पोट नआए सम्म पौडेलकै शब हो भन्न नसकिने प्रहरीले स्पष्ट पारेको छ ।
सडेगलेको अवस्थामा भेटिएको शबलाई माला र अन्य आधारमा आमाले पहिचान गरेपनि अझै स्पष्ट हुन नसकेकाले डिएनए टेष्ट गर्न र मृत्युको कारण पत्ता लगाउनका लागि पोष्टर्माटम गर्न काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुई हप्ता भन्दा लामो समय हराएका र भेटिएको शब सडेगलेको अवस्थामा रहेकाले त्यसको पहिचानका लागि डिएनए टेष्ट गर्न नमुना संकलन गर्ने तथा राम्रो संग पोष्टमार्टम हुन सकोस भनेर त्रिबी शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

कल डिटेल अध्ययन गर्ने, लगायतका अनुसन्धानका काम समेत भैरहेका कारण शबको डिएनए टेष्टको रिर्पोट र पोष्टमार्टम रिर्पोट नआउँदा सम्म संयम भैदिन आग्रह पनि गरेको छ। कुस्मा नगरपालिका १ पाङ घर भई कटुवा चौपारी स्थित आईबल एकेडेमी बोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेल १९ दिन पहिले देखि हराईरहेका थिए ।

बाग्लुङ्गको जैमिनी गाउँपालिकाको बेल बगरमा फेला परेको उक्त शब पौडेलको हुन सक्ने आशंकामा असार ५ गते नै आफन्त पुगेपनि पहिचान गर्न नसकेपछि प्रहरीले सडेगलेको भएकाले खाल्डो खनेर गाडेर फर्केको थियो । शब राम्रो संग पहिचान गर्न भनेपछि फेरी पुगेको अवस्थामा माला र दाँतका आधारमा पौडेलको नै भएको परिवारले बताएका छन ।
२० वर्षिय शिक्षक पौडेल १ महिनादेखि आइबल एकेडेमीमा पढाउन सुरु गरेका थिए । विद्यालयमा विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले विद्यालय अनाउन भनेका पौडेल एकाएक हराएका थिए ।

गत जेठ २४ गतेदेखि वेपत्ता भएका शिक्षक पौडेल अन्तिम पटक २५ गतेसम्म परिवारको सम्पर्कमा रहेको भएपनि त्यसपछि उनी सम्पर्क बिहिन बनेका थिए । २७ गतेदेखि प्रहरीमा परेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी सुरु गरेको थियो । कुस्मामा रहेको कोठामा पकाउन तयार पारेको तरकारी र धुन ठिक्क पारेका लुगा भेटिएका थिए ।

कोठामा कुकुर लगेर अनुसन्धानको प्रयास गर्दा पहिल्यै नै अरु ब्यक्ति पनि प्रबेश गरेकाले संभब नभएको प्रहरीको भनाई छ । कालिगण्डकी नदीमा भेटिएको वेवारिसे सव उनका आफन्तले पौडेलको भएको बताएपछि थप रहस्यमय बनेको घटनाको प्रहरीले अध्ययन भईरहेको बताएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung