१ जेष्ठ २०८२, बिहीबार

 

मनकारी रुपाले दिईन् ‘३ रोपनी जग्गा कालिका मन्दिरलाई’

बागलुङ्गको तित्याङ्गकी रुपा थापाले बागलुङ्ग कालिका मन्दिरलाई ३ रोपनी जग्गा दान गरेकी छन् ।

बागलुङ नगरपालिका–९ घर भई अहिले नम्बर–२ मा आरएनआर व्युटीपार्लर एण्ड कस्मेटिक सेन्टर संचालन गर्दै आएकी थापाले पर्वतमा रहेको आफ्नो तीन रोपनी जग्गा प्रदान गरेको हुन् ।

कुश्मा नगरपालिका–१ पाङको कम्तिमा ५ लाख ३१ हजार रुपैयाँ मुल्य पर्ने जग्गाको श्रेष्ता आईतबार एक कार्यक्रमविच बागलुङ काालिका भगवती गुठिका अध्यक्ष राजु खड्कालाई प्रदान गरिन् ।

जग्गादाता थापालाई बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रशंसा पत्र सहित दोशल्ला ओडाएर सम्मान गरे ।

कालिका भगवती गुठीले गरेको सम्मान कार्यक्रममा प्रजिअ तिवारीले मन्दिरलाई जग्गादान गर्ने कार्य प्रशंसनिय भएको बताए ।

अरुलाई दान र सहयोग गर्ने

प्रचलन कम हुँदै गइरहेको समयमा थापाले ५ लाख ३१ हजार रुपैयाँ पर्ने जग्गा दान गरेर समाजमा सकरात्मक सन्देश दिएको उनको भनाई थियो ।

सो अवसरमा जग्गादाता थापाले समाजसेवा र धार्मिक क्षेत्रमा लगानी गर्ने उदेश्यले सो जग्दा दान गरेको बताईन् । उनले जग्गाको सदुपयोगबाट गुठिमा हुने आम्दानीले सामाजिक तथा धार्मिक उन्नतीको कार्य गर्न आग्रह गरिन् ।

कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ र सिवाईसी नेपालका चण्डिप्रसाद शर्माले समाज सेवा र भगबानको नाममा जग्गा दान गर्नु अत्यन्त सह्रानिय कार्य भएको बताए ।

कार्यक्रम कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता र जिल्ला मालपोत कार्यालयका प्रमुख विश्वनाथ शर्माको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung