७ जेष्ठ २०८१, सोमबार

 

बर्षमा ४६ लाख कर तिरेको सिवाईसी सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मासँगको कुराकानी

सिवाईसी बचत तथा ऋण सहकारीको प्रगतीदेखेर नलोभिने त सायदै होलान् । सुरुवातीको ५/६ बर्षमै सहकारीले एक बर्षको नाफमात्र ३ करोड ७ लाख ८५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षमा यो नाफ गर्दा ४६ लाख रुपैयाँ कर राज्यलाई तिरेको छ । प्रस्तुत छ, यहि सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलसँग नयाँविश्वका लागि सुमित्रा सुनारले गरेको कुराकानी :

१.यो सहकारी कहिले स्थापना भएको हो ?
यो वि सं २०६६ मा दर्ता गरेको हो २०६७ बाट कारोबार सुरु भएको हो ।

२. सहकारीको कारोवार कति पुँजीबाट सुरु गर्नुभएको थियो ?
स्थापना कालमा ८० लाख रुपैयाँबाट सुरु गरेका थियौँ ।

३. यो सहकारीका सेवा केन्द्रहरु कहाँ कहाँ छन् ?
मुख्य कार्यालय बागलुङमा छ । अहिलेसम्म ६ वटा सेवा केन्द्र सञ्चालनमा छन् । बुर्तिबाङ, बिहुँ, हटिया, बाटाकाचौर, कुश्मिीसेरा र तित्याङमा सेवा केन्द्र मार्फत हामीले सेवा दिईरहेका छौँ ।

४. कर्मचारी कति छन नी ?
मुख्य कार्यालयमा १७ जना र सेवा केन्द्र सहित जम्मा ४९ जना कर्मचारी छन् ।

५. आर्थिक बर्ष २०७३/२०७४ को कारोवारमा कति नाफा गर्नुभयो ?
यो आर्थिक बर्षमा ३ करोड ७ लाख ८५ हजार नाफा मात्र कमाएका छौँ हामीले ।

६. सहकारीले एक बर्षमा कति कर तिर्ने गरेको छ ?
गत बर्ष हामीले एक बर्षको मात्रै ४६ लाख कर तिरेका छौँ । हाम्रो सहकारी सबैभन्दा बढी कर तिर्ने सहकारीमा पर्छ ।

७. यो सहकारीमा सेयर सदस्यको संङख्या कति छ ?
सहकारीको बचत सेयर सदस्य ५ हजार १ सय ४१ जना हुनुहुन्छ । यो सहकारीले सेयर सदस्यहरुको लागि वित्तिय गैर वित्तिय सेवा र जन्मदेखि मृत्युसम्म विभिन्न सेवा दिने गर्छ ।

८. संस्थाको सेयर पूँजी, बचत, ऋण लगानी र संस्थागत कोष कति–कति छ त ?
सहकारीको कुल शेयर पूँजी १५ करोड २३ लाख ५६ हजार रुपैयाँ छ । बचतकर्ताले सहकारीका राखेको बचत ३१ करोड ५६ लाख रुपैयाँ छ भने हामीले ४८ करोड ७७ लाख २९९ हजार सात सय ३८ रुपैयाँ ऋण लगानी गरेको छौँ । संस्थागत कोष भने ४ करोड ५ लाख ७३ हजार रुपैयाँ छ ।

९. सहकारीको कुल सम्पत्ति कति छ नी ?
संस्थाको कुल सम्पत्ति ६१ करोड ९० लाख ५४ हजार रुपैयाँ रहेको छ ।

१०. गत आर्थिक बर्ष २०७३/७४ मा यो संस्थाले के के काम ग¥यो ?
हामी बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रय सहकारी संघ (नेफ्स्क्युन) मा आबद्ध यहि बर्ष भयौँ । सेयर सदस्यलाई उपचार खर्च दिन थालेको छौँ । संस्थागत सुशासनको लागि ३२ बुँदे निर्देशन जारी गरेर कार्यान्वयमा ल्याएका छौँ ।

११. पाँच बर्षको अवधिमा यो सहकारीले धेरै प्रगति गरेको देखिया, अबको योजना के छ ?                                                                 अबको आर्थिक बर्ष २०७४/७५ देखि आगामी तिन बर्षमा शेयर सदस्य ११ हजार १ सय बनाउने हाम्रो लक्ष्य छ । १७ करोड ९ लाख बचत पु¥याउने लक्ष्य राखेका छौँ । ऋण लगानी अहिलेको भन्दा बढाएर ७८ करोड ५० लाख पु¥याईने छ । संस्थागत पुँजी ६ करोड ६६ लाख बनाउने

हाम्रो योजना छ । तीन बर्ष भित्र बागलुङका दश वटै स्थानीय तहमा सेवा केन्द्र सञ्चालन गर्ने सोच बनाएका छौँ । यहि बर्षबाट ‘समुदायको लागि युवा’ भन्ने मुल नाराका साथ युवा उद्ममी कार्याक्रम सञ्चालन हुने छ । विदेश गईरहेका युवालाई उद्यामशिलता तर्फ आर्काण गरि आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने सहकारीको लक्ष्य हो ।

हाम्रा युवाको योगदान हाम्रै समाज र देशको लागि हुनुपर्छ । थप लक्ष्यमा ७० बर्ष पुगेका सेयर सदस्यलाइ पेन्सनको व्यवस्था गर्ने, जटिल अवस्थाका विरामी सेयर सदस्य र कर्मचारीलाई १० हजार रुपैयाँ उपचार खर्च दिने योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्