३ श्रावण २०८३, आईतवार

 

यो हो नेपाल प्रहरीको पहिलो डिआईजी जोडी, जसले प्रहरीमै विहे गरेका थिए

नेपाल प्रहरीको इतिहासमा पहिलोपटक दम्पती नै डिआइजी पदमा पुगेका छन् । डिआइजी शीला कंसाकार कार्की र उत्तम कार्कीले यो इतिहास रचेका हुन् ।

उत्तम गत साता डिआइजीमा बढुवा भएका हुन् । शीला तीन वर्षअघि नै डिआइजीमा बढुवा भएकी थिइन् । त्यसो त दुवैलाई प्रहरी संगठनले नै भेट गराएको हो । उनीहरू ०४५ मा भर्ना भएका हुन् । ०५१ मा दाम्पत्य जीवनमा गाँसिए ।

दुवै प्रहरीमै भए पनि कार्यप्रकृति भने फरक छ । शीला प्रहरीको कम्प्युटर निर्देशनालयको प्रमुखका रूपमा कार्यरत छिन् । उनको जागिर प्राविधिक हो । प्रहरीको प्राविधिक पक्षमा केन्द्रित हुन्छिन् । सुरुदेखि नै उनको जागिर मुख्यालयमै छ ।
तर, उत्तमको भने सरुवा भइरहन्छ । आफू सधैँ काठमाडौं नै रहने भएकाले परिवार सम्हाल्न सहज भएको शीला बताउँछिन् । ‘सबै पेसामा राम्रो र नराम्रो पक्ष हुन्छ,’ उनी भन्छिन्, ‘तर, हामीले राम्रो पक्षलाई लिएर अघि बढेका छौँ ।’

-गज्जब साप्ताहिक बाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung