७ जेष्ठ २०८१, सोमबार

 

१७ करोड किशोरी विद्यालयबाट वञ्चित

मैले हालसालै भारतको राजस्थानस्थित टोंक जिल्लाको एक (किशोरी) क्लबको भ्रमण गरेँ । जुन क्लब वयस्क किशोरीहरूलाई सामाजिक सञ्जालमा जोड्न र जीवनका सीप सिकाउन निकै अब्बल मानिन्छ । क्लबका कुशल गुरुहरूको तालिम र उत्प्रेरणाले युवतीहरूमा बेग्लै चमक थपेको थियो । म त्यहाँ पुग्दा फुर्तिसाथ हिँडिरहेका किशोरीहरूको एक समूहले अभिवादन ग¥यो । उनीहरूमा ऊर्जा र हाँसो यस्तो थियो कि मैले आफूलाई सम्हाल्न सकिनँ र उनीहरूसँगै गलल्ल हाँसेँ । उनीहरूलाई देख्दा विश्वका अन्य ६० करोड किशोरीमा यस्तै ऊर्जाको सम्भावना छ भन्ने मैले मनमनै सोच्न थालेँ ।

 १० देखि १९ वर्ष समूहका किशोरीको इतिहासमै सबैभन्दा ठूलो पुस्ता हामीमाझ छ । वास्तवमा विश्वका विभिन्न देशका सरकार, विकास संगठन र निजी संस्थाहरू युवतीहरूमा देखिएको त्यो जवानीको जोसलाई सिर्जनाको इन्जिन, आर्थिक वृद्धि र सामाजिक प्रगतिमा रूपान्तरण गर्न चाहन्छन् । तर, भविष्यको यस्तो मार्गमा आफ्नो यात्रा तय गर्न किशोरीहरूले निरन्तर बाधा अड्चन सामना गरिरहेका छन् ।

 संसारमा रहेका किशोरीको एकतिहाइ संख्या अर्थात् झन्डै १७ करोड किशोरी विद्यालयमा भर्ना हुनबाट वञ्चित छन् । यसले उनीहरूको महत्वपूर्ण अवसर गुमेको छ– किनकि एक वर्ष स्कुल नजाँदा एउटा किशोरीको सम्भाव्य आम्दानी १० देखि २० प्रतिशतले गिरावट आउँछ । विद्यालय भर्नामा विभिन्न बाधा–अड्चन त छँदै छन् । किशोरीमा यस्तो अड्चन र बाधाको अध्याय बालविवाहबाट सुरु हुन्छ । हरेक वर्ष डेढ लाख किशोरीको १८ वर्ष नपुग्दै विवाह हुन्छ । प्रत्येक दुई सेकेन्डमा हुने बालविवाह वा जबर्जस्ती गरिने विवाहले विश्वभरका कुल किशोरीमध्ये एकचौथाइ प्रभावित छन् ।

 समय नपुगी विवाह गर्दा किशोरी बढ्दो हिंसाको सिकार हुने सम्भावना त छँदै छ यसबाहेक उनीहरू अनिच्छापूर्वक गर्भवती बन्ने सम्भावना ९० प्रतिशत बढी हुन्छ । बालविवाह वा उमेर नपुगी हुने बन्धनको सम्भावित नतिजा मिश्रित हुन्छ । परिवारका सदस्यको जम्बो आकार आफ्नो नियन्त्रणबाहिर हुन सक्छ, बालबालिकाको स्वास्थ्य उपचारमा निकै कठिनाइ हुन्छ, विद्यालयसम्मको पहँुचमा ठूलो तगारो तेर्सिन सक्छ र लैंगिकताका आधारमा हुने आम्दानीको खाडल झन् फराकिलो हुँदै जान्छ ।

विश्वका विभिन्न देशका सरकार, विकास संगठन र निजी संस्थाहरू युवतीहरूमा देखिएको जवानीको जोसलाई सिर्जनाको इन्जिन, आर्थिक वृद्धि र सामाजिक प्रगतिमा रूपान्तरण गर्न चाहन्छन् । तर, यस मार्गमा आफ्नो यात्रा तय गर्न किशोरीहरूले निरन्तर बाधा अड्चन सामना गरिरहेका छन् ।

हरेक वर्ष डेढ लाख किशोरीको १८ वर्ष नपुग्दै विवाह हुन्छ । प्रत्येक दुई सेकेन्डमा हुने बालविवाह वा जबर्जस्ती गरिने विवाहले विश्वभरका कुल किशोरीमध्ये एकचौथाइ प्रभावित छन् ।

संसारमा रहेका किशोरीको एकतिहाइ संख्या अर्थात् झन्डै १७ करोड किशोरी विद्यालयमा भर्ना हुनबाट वञ्चित छन् । यसले उनीहरूको महत्वपूर्ण अवसर गुमेको छ । किनकि एक वर्ष स्कुल नजाँदा एउटा किशोरीको सम्भाव्य आम्दानीमा १० देखि २० प्रतिशतले गिरावट आउँछ ।

१८ वर्षभन्दाअगाडि नै विवाह भएका किशोरीहरूको चलायमान र गतिशीलतामा पनि गिरावट आउँछ, तथापि उनीहरू एक्लो भने हुँदैनन् । दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनअनुसार समग्रमा महिलाहरूको सार्वजनिक क्षेत्रको पहँुचमा ह्वात्तै गिरावट आउँछ । उदाहरणका लागि किशोरी अवस्थामा प्रवेश गरेपछि सार्वजनिक स्थलमा उनीहरूको पहँुच ६ दशमलव ३ वर्गमाइलबाट घटेर २ दशमलव ६ माइलमा सीमित हुन्छ । तर, पुरुषको सवालमा ठीकविपरीत देखिन्छ । किनकि किशोर अवस्थामा प्रवेश गरेपछि पुरुषहरूको सार्वजनिक स्थानमा पहँुच ३ दशमलव ८ वर्गमाइलबाट ७ दशमलव ८ वर्गमाइलमा पुग्छ । यहीँ कति विभेद ?

किशोरीको चलायमानमा कटौतीसँगै उनीहरू सामाजिक रूपमा एक्लो हुने र सामाजिक पुँजी निर्माण गर्ने उनीहरूको सुनौलो अवसर विस्तारै सीमित हुँदै जान्छन् । यी र अन्य तत्वहरूको परिणामस्वरूप केवल निम्न र मध्यम आम्दानी भएका देशका ४७ प्रतिशत महिला श्रमशक्तिमा आबद्ध छन् । जबकि पुरुषहरूको यो तथ्यांक ७९ प्रतिशत छ । तालिम प्राप्त श्रमशक्तिको सहभागितालाई ३२ प्रतिशतबाट १६ प्रतिशतमा मात्र कटौती गर्न सक्यौँ भने मात्र पनि सम्बन्धित देशको कुल गार्हस्थ उत्पादन एक वर्षमा १५ प्रतिशतले वृद्धि हुने देखिन्छ । विश्वको कुुल गार्हस्थ उत्पादनमा ४ खर्ब डलर थपिने म र मेरो अनुसन्धान समूहले अनुमान गरेको छ ।

२१ औँ शताब्दीको अर्थतन्त्रमा सहभागी हुन सक्ने उत्पादनशील व्यक्ति बनाउन किशोरीलाई आवश्यक सीप र ज्ञान उपलब्ध गराउनुपर्छ । ताकि त्यसले उनीहरूको जीवनको सबै पक्षलाई सशक्त बनाउने र परिवार, समुदाय र अर्थतन्त्रलाई महत्वपूर्ण योगदान दिन उनीहरू सक्षम बन्छन् । विश्वव्यापी विकास र स्वयं महिलाहरूको प्रगतिका लागि यो उचित तरिका हो । धेरै राज्य, संस्थाहरू, कम्पनी र समुदायले यसलाई मान्यता दिएका छन् र उनीहरूले किशोरीको स्वास्थ्य, शिक्षा र कल्याणकारी कार्यका लागि लगानी गरिरहेका छन् । तर, ठूला स्रोत, साधनहरू अप्रभावकारी दृष्टिकोणले सञ्चालन गरिएका छन् वा खराब कार्यक्रम सञ्चालन गरिएका छन् । जसको नतिजा ‘हाता लाग्यो शून्य’को स्थितिमा छ । र, राम्रो नियत भएका विकासका अधिकांश अभिनेताले आफूलाई नवीन विचार भएको ऊर्जाशील ‘गेमचेन्जर’का रूपमा प्रस्तुत गर्नुको सट्टा किशोरीहरूलाई संरक्षण गर्नुपर्ने पीडितका रूपमा व्यवहार गर्छन् । तसर्थ, यस्तो अवस्थामा हामीले कसरी किशोरीहरूका लागि अवसर विस्तार गर्न सक्छौँ ? आर्थिक विकास प्रवद्र्धनका लागि किशोरीलाई शिक्षा दिँदा लागतको तुलनामा बढी परिणाममुखी फाइदा हुन सक्छ ।

किशोरावस्थामा नै सन्तानको आमा बन्न बाध्य भएका युवतीलगायत अन्य किशोरीले यौन तथा प्रजनन सूचना तथा सेवाबाट महत्वपूर्ण फाइदा प्राप्त गर्नुपर्छ । ताकि उनीहरूलाई परिवारको आकार र संरचना छनोट गर्ने अवसर मिल्छ र उनीहरूको स्वास्थ्य र भलाइको सुनिश्चित हुन्छ । तर, सरकारी तथा गैरसरकारी संगठन र विकास तथा वित्तीय सहयोग गर्ने निकायहरू किशोरीहरूका यिनै आवश्यकता पूरा गर्न दिनहुँजसो संघर्ष गरिरहेका छन् । उनीहरूका आवश्यकताको बहुपक्षीय र अन्तरसम्बन्धित प्रवृत्तिको पहिचानका बावजुद हामी एक–अर्कालाई सञ्चार नगरी (जानकारी नदिई) बारम्बार एउटै समस्याबारे काम गरिरहेका छौँ । प्रभावकारी संयोजन र सहकार्यको यस्तो अभाव अथवा ज्ञानको आदानप्रदान नहुँदा कुनै पनि चेतनाका कार्यक्रम एउटै परियोजना, क्षेत्र वा भौगोलिक क्षेत्रमा मात्र सीमित हुन्छ, जसले उनीहरूको प्रभावकारिता कमजोर बनाउँछ ।

त्यसैले जनसंख्या परिषद्ले गर्ल इनोभेसन रिसच एन्ड लर्निङ (गर्ल) सेन्टर स्थापना गरेको छ । जुन किशोरी अनुसन्धान र कार्यक्रमका लागि एक प्रकारको विश्वव्यापी ज्ञानको हब बनेको छ । मैले निर्देशन गर्ने यस गर्ल केन्द्रले प्रमाणमा आधारित नीतिहरूको समर्थन र विभिन्न सरोकारवालाहरूको लक्ष्य र प्राथमिकतालाई व्यवस्थित गर्दै किशोरीहरूमा विश्वले लगानी गर्ने उद्देश्य राखेको छ ।

सो लक्ष्य प्राप्तिका लागि हामीले किशोरीबारे विश्वकै सबैभन्दा ठूलो तथ्यांक केन्द्र स्थापना गर्नेछौँ । जसले वयस्क अवस्थाका १ लाख २० हजार युवतीबारे जनसंख्या परिषद्को रेकर्ड संग्रह गर्नुका साथै किशोरीकेन्द्रित अनुसन्धान र कार्यक्रममा काम गर्ने अन्य संगठनहरूको तथ्यांक संग्रह गर्नेछ । तथ्यांक भण्डारण गृहले गहन विश्लेषण गरी किशोरीको जीवन र किशोरावस्थामा देखिने परिवर्तनबारे नीति–निर्माताहरूलाई गहिरो समझदारी प्रदान गर्नेछ । त्यस्तै, भण्डारणले कुन समूहका युवतीलाई कस्तो हस्तक्षेप आवश्यकता पर्छ भन्ने विषयमा पनि जानकारी दिन्छ । गर्लले विभिन्न पृष्ठभूमि र क्षेत्रका किशोरीलाई एकै स्थानमा जम्मा गरेर चेतना र जीवनपयोगी सीप प्रदान गर्दै उनीहरूको क्षमता र सम्भावना वृद्धि गरेको छ । उनीहरूको ऊर्जा र क्षमतालाई समाज परिवर्तनमा उपयोग गर्नका लागि किशोरीलाई सशक्त बनाउन त्यति सहज भने छैन ।

००००००

थोआई एनजिओ अमेरिकास्थित न्युयोर्कको जनसंख्या परिषद्को गरिबी, लैंगिक तथा युवा (पिजिवाई) कार्यक्रमका निर्देशक हुन् । उनले परिषद्अन्तर्गतको इनोभेसन, रिसर्च एन्ड लर्निङ (जिआइआरएल) सेन्टरको समेत निर्देशन गर्छन् । कपिराइटः प्रोजेक्ट सिन्डिकेट २०१७ 
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)

 नयाँ पत्रिका बाट

प्रतिक्रिया दिनुहोस्