६ जेष्ठ २०८१, आईतवार

 

‘बागलुङको समग्र विकासको लागि काम गर्छु’ : राज्यमन्त्री खड्का

बिस २०२१ साल असोज २१ गते क्या. पदम बहादुर रोका तथा माता मेनुका रोकाकी जेठी छोरीको रुपमा बागलुङ जिल्ला साविक पैयूपाटा गाबिस हाल बागलुङ नगरपालिका वडा नं १३ रोकापाला (पैयूपाटा) मा जन्मीएकी चम्पादेवी खड्का प्रतिनिधि सभामा बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष उम्मेदवार छिन् । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री उनी नेपाली काँग्रेसकी उम्मेदवार हुन् । आफ्ना श्रीमानको सडक दुर्घटनामा निधन भएपछि ४ वर्षअघि सक्रिय राजनीतिमा होमिएकी खड्काको राजनैतीक र व्यक्तीगत जीवन क्रमंगताको श्रृखला हो भन्दा फरक पर्दैन । यहि चार वर्षको अवधिमा उनी सभासद् हुँदै राज्यमन्त्रीसम्म बनिन् । प्रस्तुत छ, खड्कासँग गरिएको कुराकानी ।

राजनीतीमा कसरी आउनुभयो ?

मेरा श्रीमान बागलुङ क्षेत्र नं १ का तत्कालीन निर्वाचीत सभाषद हरि बहादुर खड्काको असमायीक दुर्घटना पश्चात पार्टी ले जिम्मेवारी सहित अगाडी सा¥यो र जनताको चाहना ईच्छा, श्रीमानका अधुरा जनसेवाका सपनाहरु लाई पुरा गर्न र समृद्ध बागलुङका लागि ठूलो पिडा र चोटका बाबजुद मैले हिम्मत गरेर अघि बढने निर्णय सहीत राजनीतीक यात्रा शुरु गरेकी हुँ ।

आफनो विगत तथा शैक्षीक पृष्ठभूमी बारे बताई दिनुस न ?

बुवा भारतीय फौजी, घर तथा मावली तर्फ पनि सबै भारतीय सेनामा कार्यरत त्यसैले शिक्षा सम्वन्धी चेतना दुर्गम भए पनि व्याप्त थियो । मेरो मुवा समेत त्यस जमानामा भारतमा स्कुल तहको पढाई सकेर आउनु भएको थियो । तसर्थ म जन्मेको केही समयमा नै हामी वुवा संगै भारत गयौ । मेरो प्रारम्भीक शिक्षा कलकत्ता मा भयो । केहि वर्षको भारत वसाई संगै पारिवारीक समस्याका अनि गाउमा नै स्कूल खुले पछि हामी (म आमा र बैनी) नेपाल फक्यौ । म सानैदेखी पढाईमा राम्रो थिएँ । कलकत्तामा पढेको अनि अग्रेजी पनि आउने हुनाले यहा मलाई सिधै ४ कक्षामा भर्ना लिएका थिए ।

आफु भन्दा साना बैनीहरु, अनि घरका विविध समस्याहरुका कारण मैले करिव ४ बर्ष पढाई मा बिश्राम लिन प¥यो, चार बर्ष पश्च्यात पुन स्कूल भर्ना हु“दा अक्षर चिनिस अव स्कूल जान पर्देन समेत भनिरहदा स्कुलमा मलाई सोझै ८ कक्षामा भर्ना लिईयो र म अध्ययन मै अगाडी बढीरहे त्यसैको फलस्वरुप कक्षामा जिल्लामा छात्राहरु तर्फ बागलुङ जिल्ला प्रथम भै पुरस्कार समेत प्राप्त गरे त्यो मेरो र सम्रग पढ्न नपाएको महिलाहरुको पुरस्कार थियो । त्यस पश्चात विवाह बन्धनमा बाधिए पछि मेरो औपचारीक शिक्षामा समेत पूर्ण विराम लाग्यो ।

पढाईमा राम्रो मान्छे किन छाडनु भयो त?

विवाह पछि दुई छोराको जन्म, ससुरा को निधन पश्चात थप जिम्मेवार बहन गर्नुपर्ने अवस्था आयो, त्यस्तै म्याग्दी जिल्ला र बागलुङमा रहको पुर्खौली खेतीपाती सम्पूर्णको रेखदेख मा व्यस्त रहुनु प¥यो । श्रीमान त्यो बेला देखीनै सकृय राजनीतीमा संलग्न रहदा जिम्मेवारी थप बढयो । यो मेरो मात्र होईन हजारौ महिला दिदि बहिनीहरुको कथा हो तै पनि स्वअध्ययन जारी राखे लेखनमा बिषेश रुची थियो कविता तथा लेख रचनाहरुको सग्रहनै छ पुस्तक मार्फत बाहिर ल्याउन लागेकी छु तर समयले केही ढिलाई भएको छ ।

तपाईको राजनीतिक यात्रा बारे बताई दिनु त ?

म सांगठनीक रुपमा सकृय कार्यक्रता भए पनि पार्टी वा भातृ संगठनको कुनै पदमा थिईन तर पनि श्रीमानको कदम कदम मा उहा“को सहयोग गरेकै थिय । उहा“ले नभ्याउने व्यवहार सम्हालेर आते जाते परिपाटी मिलाई दिएर बेला मौकामा सल्लाह सुझाव दिएर उहा“ मार्फत संलग्न थिए । संलग्नता पनि दुई प्रकारको हुन्छ जस्तै गणेशमान र मंगलादेवीको जस्तो केही सिमीत उदाहरण पाईन्छ भने शेर बहादुर र आरजु राणाको प्रत्यक्ष सम्बन्ध ।

नोना कोईरालाको सम्वन्ध अर्को प्रकारको हो तर नेपाली परिबेशमा अमुक संलग्नता धेरै छ । प्राय सबै नेतालाई भरथेग गर्ने महिला पात्र धेरै हुनुहुन्छ उहा“हरुको योगदान वा संलग्नतालाई कम आक्न हु“दैन । सीता दाहाल विनाको प्रचण्ड केवल पुस्पकमल मात्रै हुन्थे होला विभिन्न काल खण्डमा नेता, कार्यकर्ता शहिदका पत्निहरुले राजनीतिकै नाम मा ठुलो त्याग र संघर्ष गर्नु परेको छ । त्यो सबै समृद्ध समाज बनाउने चाहकै प्रारुप हो । त्यो संलग्नताको मनन गर्न आवश्यक छ ।

श्रीमानको बाहेक अन्य परिवारका सदस्यको कुनै राजननितिक संलग्नता छ ?

प्राय सबैको छ । भनिहाले बुवाको सकृयताको बारेमा । मेरा साहिला ससुरा तत्कालीन समयमा मन्त्री हुनुभयो, माहिला ससुरा राणा शासन को विरुद्धको जनसरकार प्रमुख हुनुभयो नै पछि कान्छा ससुरा पनि नेपाली का“ग्रेस बागलुङको क्षेत्रीय सभापती समेत हुनुभयो । यसै गरी म्याग्दी जिल्ला का“ग्रेस सभापति डा. भुपेन्द्र खडका पनि मेरा जेठाजु हुनुहुन्छ भने पछिल्लो पुस्तामा छोरा, भाई, भतिज, भान्जा को पनि राजनीतीक सकृयता उच्च नै छ । यस अर्थमा सारा परिवारनै राजनितिमा सर्मपित रहिआएको छ ।

तपाई संसद र सभासद रहँदाको कार्यकाल कस्तो रहयो ?

सारै छोटो, अकस्मात परि आएको घटनाले गर्दा म अघि बढे तर समयका हिसाबले पनि आधा अवधिमात्र थियो । त्यस पछि म त झन शोक मा परेका व्यक्ती पहिलो बर्ष त नमिठो सपना हो की यर्थाथ छुट्टाउन गाह्रो भयो तै पनि हरेश खाईन संविधान लेख्ने गहन जिम्मेवारी र श्रीमानको अधुरो सपना जो पुरा गर्नु थियो । लागि रहे निरन्तर । जनताको घरदैलोमा पटक पटक पुगे उहा“हरुको गुनासो लाई आत्मसात गर्दै विकास का अलपत्र योजनाहरुलाई कार्यान्वयनको दिशामा अगाडी बढाई रहे, संविधान लेख्ने मात्र जिम्मेवारी मेरो थिएन जनताका चाहना र ईच्छा लाई विकास मार्फत पुरा गर्नु थियो ।

जिम्मेवारी बढदै जादा यही विचमा पार्टीको अधिवेशन, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाहरुको निर्वाचनमा विवाद रहित रुपमा सहज कर्ताको भूमिका खेले, संविधान निर्माणका चरणमा विभिन्न समिति, उपसमितिहरुमा रहि कार्य गर्ने अवसर पाए र जनताको ७० बर्ष लामो प्रतिक्षाको बिषय रहेको जनप्रतिनिधी मार्फत संविधान निमार्ण गर्ने आशालाई मेरै कार्यकालमा पुरा गर्ने सुर्वण अवसर पनि प्राप्त गरे यसर्थमा सिकाईको हिसावले पनि यो कार्यकाल महत्वपूर्ण रहयो ।

छोटो समयमा नै सभाषद, संसदीय दलको सदस्य र राज्यमन्त्री बन्न सफल हुनुभयो, कुन गुटको आर्शिवाद पाउनु भयो कि?

अन्य केही नेपाली का“ग्रेस भन्ने गुटको आर्शिवाद पाए, मलाई शुसील दाई ले नै अगाडी बढ भनेर प्रेरणा दिनुभएको हो । शेर बहादुर दाई ले राज्यमन्त्री को जिम्मेवारी दिनु भयो । मेरो राजनीती कुनै गुटको कोटरी बनाएर कुनै तिकडम गरेर अगाडी बढेको होईन । जिल्लामा पनि आफनो र अर्को भन्दै गुटको झुण्ड बनाएर हिडनेमा म पर्दिन । मेरो राजनैतीक संस्कारले पनि त्यस्तो गर्न दिदैन । मेरो पार्टीले जिम्मेवारी दियो र म आ“ट गरेर अगाडी बढेँ ।

मन्त्रालयको अनुभव कस्तो रहयो?

शिक्षाप्रद । छोटो समयमै केही अत्याधीक महत्वका कामहरु गर्न सफल भएका छौ । अम्बिका दिदी (मा.मन्त्रीज्यू) संग मिलेर थाती रहेका सहकारी ऐन, गरिव परिचय पत्र लगाएतका कामहरुलाई तुरुन्तै अगाडी बढाउन र कार्यान्वयनमा ल्याउन सफल भयौ । योजनाहरु थुप्रै थिए तर मन्त्रालयमा आईपुग्दा नपुग्दै आचार संहिता लाग्ने स्थिती आयो कतिपय योजनाहरु चाहेर पनि अगाडी बढाउन सक्ने स्थिती छैन जिल्लाका थुप्रै योजनाहरु अगाडी बढाउने चाहना थियो आचार संहिताले हात खुट्टा बाधिदिएको छ ।

तैपनि बिकासका लागि पूर्वाधार विकास कार्यक्रम होस या सांसद विकास कोषको रकम होस एकदमै पारदर्शी तरिकाले जिल्लामा विनियोजन भएका छन र विभिन्न मन्त्रालयबाट जिल्लाको विकास का लागि योजनाहरु पेश गरी केही सम्पन्न तथा केही कार्यान्वयन को चरण मा रहेका छन् ।

भष्ट्राचार सम्बन्धी संशोधनमा तपाईको नाम पनि देखीयो नि?
केही कुरा प्रष्ट पार्नै पर्ने छ । जघन्य फौजदारी अपराध, मानवअधिकार हनन, राष्ट्रघात, भष्ट्राचार र अख्तियार को दुरुपयोग गर्ने व्यक्तीको राजनितीमा संलग्नता हुनु हुदैन भन्नेमा म स्पष्ट छु । मेरो त्यो बिश्वासमा तल माथि हुदैन । संशोधनका सम्बन्धमा भन्नु पर्दा मैले राजनितिक प्रकृतिका मुद्धाका अभियूक्तहरुले प्रतिबन्धित हुने स्थिती आउन हुदैन भन्ने मेरो बिचार हो ।

का“गेस मात्रै होईन माओवादी, जनमोर्चा ईत्यादीका कार्यकर्ताहरुलाई पनि विभिन्न कालखण्डमा मुद्धा लगाईएका छन आस्थाका आधारमा, साथै अधिकारका आन्दोलनका क्रममा दलित, जनजाती, मधेशी, थारु, मानवअधिकारवादी लगायत माथि मुद्धा छन् यि मुद्धाहरु चाडो फछ्योट हुनु पर्छ र उहा“हरु परिवर्तित परिबेशमा प्रतिबन्धित नहुने ग्यारेन्टी हुनु पर्छ भन्ने संशोधन मैले राख्न खोजेकी हु“ तर केही स्वार्थ समुहले त्यसलाई बङगाईदिदा अनर्थ भएछ ।

नत्र म अर्काले दिएको एक कप चिया समेत नखाने मान्छेलाई किन चाहिन्थ्यो ?आज सम्म न कसैको १ पैसा मैले लिएको छु न त भष्टा«चार नै गरेर जीवन जिउनु छु । न त भविष्यमा नै गर्नु पर्ने छ । मेरो परिवार निश्वार्थ सेवा भाव ले राजनितिमा होमीएको छ र मैले पनि त्यही गोरेटो मा जनताको सेवा गर्नु छ ।

फेरी पार्टीले टिकट दियो अव तपाई लाई भोट किन दिने ?

भोट सबैले क्षमताको आधारमा माग्ने हो । मलाई पार्टीले बिश्वास गरेर यहा“का आम जनसमुदाय र कार्यकर्ताको मनोभावना बुझेर अगाडी सारेको छ । म दुई कुराको आधारमा भोट माग्छु पहिलो त नेपालको सबै भन्दा पुरोनो र निरन्तर प्रजातन्त्रका खातिर लडिराखेको पार्टी हो नेपाली का“ग्रेस, अझ अहिलेको परिबेशमा नया“ किसीमको अधिनायकवाद लादने त हैन भन्ने गम्भिर प्रश्न खडा गरीदिएको छ ।

त्यसका विरुद्ध पनि नेपाली का“ग्रेस लाई भोट दिुनु छ, का“ग्रेस को नेतृत्वमा शान्ति र संविधान देशले पाएको छ अव कार्यान्वयन का लागि पनि नेपाली का“ग्रेसलाई जिताउनु जरुरी छ । दोश्रो म सक्षम छु, जुन परिस्थीतीले डोहराएर म आज यो स्थान मा पुगेकी छु मैले जनमतको कदर पनि गरेकी छु । म संग बागलुङलाई अगाडी बढाउने भिजन छ, समाजमा सधैको जस्तो राजनीतीले अगाडी बढिदैन भन्ने भाव व्याप्त छ ।

मलाई मेरै कारणले भोट दिने हो । हिजो सम्म चुलो चौको, खेतीपातीमा सिमीत म सम्रग आधा आकाशको प्रतिनिधित्व गर्दे अगाढी बढने हो, ५० प्रतिशत महिलाको सिट सबै पार्टीले महिलालाई दिनु पर्ने भए पनि यस पहिलो चरणको निर्वाचनमा मेरो पार्टीले मलाई टिकट दिदै गर्दा सम्पूर्ण महिलाको सम्मानका लागि भए पनि मलाई भोट दिनुहोस भन्ने हो, सायद मेरो पार्टी बाहेक अन्य पार्टीले प्रतक्ष्य उम्मेदवार मा आम महिला माथी अन्याय नै गरेको जस्तो लाग्छ ।

राजनितिमा २ बर्ष अगाडी सिंहदरवार नपसेकी भए पनि सबै संग हातेमालो गर्दे आज त्यही सिंहदरवारमा राज्यमन्त्रीका रुपमा पाईला टेक्न सक्ने खुबी भएकी व्यक्ती र, कनिष्ठ हु“दा हु“दै पनि बर्षौ देखी अड्केका बिधयेक महिला भै अगाडी बढाउन सफल प्रशासक पनि आफू हु“, शोक लाई शक्तिमा रुपान्तरण गरेकी महिला हु“ म, आधा कार्याकालमा यती गर्न सके भने पूरा कार्यकाल दिएर हेर्नुहोस, जनताको मुहार मा खुसी र बागलुङको सम्रग बिकास मा छलाङ सहितको परिवर्तन ल्याउने छु, त्यसैले यस पटकको भोट माग्दछु ।

प्रतिक्रिया दिनुहोस्