६ जेष्ठ २०८१, आईतवार

 

बागलुङको भविष्य पंचकोट र  कालिगण्डकी काेरिडाेर

राजेशचन्द्र राजभण्डारी 

बागलुङ जिल्लामा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका काे निर्वाचन सम्पन्न भए पछि बागलुङ सदरमुकाममा  केही चहलपहल घटेको महसुस बागलुङ बजार बासिले गरिरहेका छन् ।
अहिले बागलुङकाे ग्रामीण क्षेत्रलाई लक्षित गरि संचालन गरिएको हाेटल तथा लज गाउँ मै सरेपछि बागलुङ सदरमुकामका केही बासिन्दा चिन्तीत बनेका छन् ।

अहिले सङ्घियताले सिंहदरबारको अधिकार अहिले गाउँ गाउँमा पुगेपछि सदरमुकाम केही चाप घटेको अनुभुति चाहिँ भएको छ  ।अहिले यो समस्या बागलुङको मात्रै हैन देश भरिकै एकै किसिमको हाे ।
तर अहिले केही उतार चढाब अाउनु स्वभाबिकै हाे ।

हामीले अहिले अधिकार भने सिंहदरबारकाे खाेजिरहेका छाै यसकाे मतलब अहिले जिल्लामा भएको अधिकार फेरि गाउँ गाउँमा जान्छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ ।अहिले केही उतारचढाव हुनु स्वभाबिकै हाे  अहिले केही समयमै यहाँ अात्तीहाल्नु पर्ने बेला भने भएको छैन अहिले बागलुङ जिल्लाकाे भबिस्य उज्यालो छ मध्य पहाडी लाेकमार्ग अहिले भर्खरै सम्पन्न कालिगण्डकी काेरीडाेर साच्चै बागलुङको लागि राम्रो छ तर यसबाट हामीले फाइदा लिन सक्नुपर्छ यो नै सबैभन्दा ठूलो फाइदा दिने माध्यम हुन् यसलाई गतिलाे संग बुझ्न जरुरी छ ।

संसारमा कुनै पनि कुरा स्थायी र स्थिर भने हुन सक्दैन समय घटना क्रम अनुसार यो फेरबदल भै रहन्छ हामीले त्यसलाई अात्मसाथ गर्न जरुरी छ बागलुङ सदरमुकाममा पनि पाेखरा बागलुङ राजमार्ग निर्माण भए पछि धेरै उतारचढाव नअाएकाे हैन त्यसलाई हामीले भुलेकाे मात्रै हाे ।हामीले समयलाई चिन्न सक्नुपर्छ समय अनुसार चल्न सक्नुपर्छ अनिमात्र प्रगति गर्न सक्छौ । बागलुङ जिल्लाकाे भबिस्य कस्तो बनाउने भन्ने बारे चिन्तन मनन गर्ने निकाय अहिले कताकता अलमल्ल परे जस्तो लाग्यो ।

साच्चै अहिले हामीले जिल्लामा अान्तरिक तथा बाह्य पर्यटन भित्र्याउने नयाँ गुरु याेजना बनाउन जरुरी छ ।अहिले मुस्ताङ जिल्लामा हजारौं हैन लाखौं पर्यटक घुम्न जाने गर्छ तर हामी कहाँ किन अाउदैनन् त अब कसरी बागलुङ जिल्लामा पर्यटनको केन्द्र बनाउन सकिन्छ भन्ने बारे नयाँ योजना बनाउन अाबश्यक छ ।अहिले हामी संग नेपाल कै प्रशिद्द धार्मिक पर्यटनको केन्द्र कालिका भगवती मन्दिर छ अहिले पनि बागलुङमा दैनिक हजारौं भक्तजनहरू पुजा गर्नका लागि अाउने गर्छन् तर हामीले यहाँ अाउने धार्मिक पर्यटकलाई बागलुङ बजारमा भित्र पनि राम्रोसँग भित्र्याउन सकिरहेका छैनौं ।

हामी संग धेरै संभावना छन् धेरै पर्यटकिय केन्द्र पनि छन् तर पनि हामीले त्यसलाई चिनाउन  सकिरहेका छैनौं । बागलुङ नगरपालिकामा स्वामी कमलनयन अाचार्यले सर्बसिद्दिधाम पन्चकाेटमा निर्माण शुरू गर्न लागेकाे बिश्व शान्ति १०८ फिट अग्लो तामाकाे कलस बनाउने अभियानमा छ साच्चै यसलाई सबै मिलेर सफल बनाउने सम्पन्न बनाउने हाे भने बागलुङ नेपाल राम्रो धार्मिक पर्यटन केन्द्र बन्न सक्ने कुरामा कसैको पनि दुई मत हुने छैन ।

साच्चै भन्ने हाे भने यो नेपालकाे लुम्बिनी पछि दाेस्राे बढी पर्यटक अाउने केन्द्र बन्नेमा शंका देखिदैन । अहिले जुन गतिमा काम भइरहेको छ अहिले नै पन्चकाेटमा जाने पर्यटक दिनहुँ बढी रहेको छ त्यहाँकाे बाताबरण वरिपरिकाे मनाेरम दृश्य हिमालयकाे अबलाेकन सबै सबै प्रकृतिको बरदान छ हामीले हाम्रो ठाउँकाे लागि केही गर्न सक्नुपर्छ हाम्रो सुन्दर भबिस्य अहिले त्यहीँ हाे ।

पर्यटन भित्र्याउन प्रमुख कुरा सडक राम्रो हुनुपर्छ दाेस्राे त्यहाँ बस्ने खाने सुबिधा पर्यटक लाई लाेभ्याउने अन्य पुर्बाधार बनाउन जरुरी छ ।अहिले थाइल्यान्ड दुबई मलेसिया सिंगापुर स्विजरल्याण्ड सबै अहिले पर्यटनले चलिरहेको देशहरू हुन् ।अहिले देशको अार्थिक प्रगति गर्ने सबैभन्दा सजिलो माध्यम भनेको पर्यटन नै हाे हामी नेपालीहरू जसरी अहिले डलर खर्च गरेर बिदेश घुम्न जान्छौं हामीले पनि स्वदेशी तथा बिदेशी लाई यहाँ ल्याउन सक्ने बाताबरण बनाउन जरुरी छ ।पर्यटन संग धेरै कुरा जाेडिएर अाउछ सबै चलायमान हुन्छ सबैकाे हातमा पैसा अाउछ । राेजगारी यहीँ मिल्छ बिदेशीने समस्यामा पनि रहदैन साच्चै भन्ने हाे भने बागलुङको भबिस्य धेरै राम्रो छ ।

बागलुङ नगरपालिका बागलुङ  उद्योग बाणिज्य संघ हाेटल ब्यबसायी संघ अहिले जिल्लामा क्रियाशील उद्योग बाणिज्य क्षेत्रमा काम गर्ने संघसंस्था नेपाल पत्रकार महासंघ देखि सराेकार राख्ने सबैले अहिले प्रदेश नम्बर ४ काे बागलुङको भबिस्य राम्रो बनाउन सुन्दर बनाउन कम्मर कसेर योजना बद्ध रूपमा लाग्न जरुरी छ । हिजो सडककाे कारणले कुनाे परेको बन्दीपुर लाई अहिले सबै मिलेर राम्रो पर्यटनको गन्तव्य बनाएर अहिले दैनिक हजारौं पर्यटन जाने केन्द्र बनाएको छ ।

त्यो सबै बन्दिपुर बासिले गरेको मेहनतकाे फल नै हाे भन्दा फरक पर्दैन अहिले कालिगण्डकी काेरीडाेर बनेपछि अहिले बुटवलकाे यात्रापनि छाेटाे भएको छ अहिले सिधै बागलुङ देखि सुनाैली सम्म जान सहज भएको छ ।अब भारत बाट दैनिकहजारौं धार्मिक पर्यटक यहीँ बाटाे भएर मुक्तिनाथ जान अाउने छन् हामीले यहीँबाटाे भएर अाउने पर्यटकलाई बागलुङ काे कालिका भगवती पन्चकाेट बिहुँकाे रामकाेट देखि यहाँको पर्यटकिय दृश्य देखाउने  यहाँ राेक्ने मन लाेभ्याउने बाताबरण पुर्बाधार तयार गर्न सक्नुपर्छ अब हामी खाली गफ चुटेर मात्रै हुदैन ।

सबैले अाफ्नाे ठाउँकाे लागि बिकास गर्न एकजुट हुन सक्नुपर्छ । भाेलि हजारौं पर्यटक बागलुङ अायाे भने सब‌ैकाे ब्यापार ब्यबसाय फस्टाएर जान्छ जिल्लाले पनि अार्थिक रूपमै फड्को मार्छ । बागलुङ कमजोर हुन लाग्याे भनेर चिन्ता हैन सबैले कसरी राम्रो बनाउने भन्ने बारे चिन्तन गर्न जरुरी छ ।अब हामी सबैकाे याेजना लक्ष्य अब बागलुङ लाई प्रदेश नम्बर ४ कै राम्रो पर्यटनको केन्द्र बनाउने हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्