७ जेष्ठ २०८१, सोमबार

 

सुखौराकी जुनु यसरी बनिन् ३७ अनाथ बच्चाकी आमा

- ‘आँफै स्रोत खोजेर पालन पोषण र शिक्षा दिएकी छु’ : जुनु

‘हुने विरुवाको चिल्लो पात’ यो भनाईसंग ठ्याक्कै मेल खाएको छ जुनु पुनको जिन्दगीले नजिकबाट नियाल्नेहरुले सोझै अड्कल लगाउन सकिन्थ्यो कि जुनु पुन भविष्यको एउटा समाजसेवी व्यक्तित्व हुन ।

नभन्दै आज उनी एक बेसाहाराहरुको साहारा बनेकि छिन । उनले भुकम्प र द्वन्द्वकालमा आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका बालबालिकाको स्याहार सुसार गरिरहेकि छिन । उनले २०६४ सालमा एकिकृत सिर्जनशिल नेपाल नामक सस्ंथा खोलिन् । यहि संस्थाबाट २०७१ सालदेखि ७ जना बालबालिकाको पालन पोषण गर्न सुरु गरेकी थिईन् । अहिले यहाँ ३७ जना बालबालिका छन् । उनले ती ३७ जना बालबालिकाहरुको भविष्यको लागि संघर्ष गरिरहेकी छिन ।

पुनको जन्म विसं. २०३६ मंसिर २० गते बागलुङको सुखौरामा भएको हो । उनी बाबा प्रेमबहादुर पुन र आमा दिल कुमारी पुनको जेठी छोरी हुन । ‘महिला भए पनि म पुरुष सरह काम गर्न चाहन्थेँ,’ उनले भनिन्, ‘राम्रो कामको लागि चुनौतीसँग सामाना गर्नुपरे पनि अझै धेरै जोखिम मोल्दै काम गर्नुपर्छ भन्ने मेरो स्वभाव छ ।’ उनी सानैदेखि नाच्न, भलिबल खेल्न र समाज सेवा गर्न रुचाउँथिन् ।

पुनले महेन्द्र मावि सुखौराबाट कक्षा ७ सम्म, गलकोट नरेठाँटिबाट माध्यमिक तह उत्तिर्ण गरेर कक्षा ११,१२ गलकोट माविबाट गरेको थिईन । लाहुरे परिवारमा हुर्केकोले लाउन खानाको दुख थिएन । तर यो समाजमा रहेर केही गर्नु पर्छ भन्ने सोच सानैदेखि थियो । पारिवारिक माहोल पनि तेस्तै खालको थियो । उनको हजुर बुबा बलबहादुर पुनले बाबा आमा नभएकी गिता क्षेत्रीलाई घरमा ल्याएर जुनुकै फुपू बनाएर पालन पोषण गरि आफ्नै थर दिएको घटनाबाट उनी बढी प्रभावित थिईन् ।

त्यही कुराबाट प्रभावित भएर जुनुले पनि आफु सानै छँदा बोरामा हालेर फालेको बच्चालाई घरमा ल्याएर पालेको र ७ कक्षा सम्म पढाएर आफन्तको जिम्मा लगाएकी थिईन् । एक महिलाले आफ्नो २/३ जना छोराछोरीलाई हुर्काउन पढाउन कत्ति गाह्रो हुन्छ भने जुनले अहिले एकीकृत सृजनशिल समाज नेपाल संस्थामार्फत ३७ जना बालबालिकाहरुको आमा बनेकी छिन् । उनले काठमाण्डौको मनमैजुमा घर भाडामा लिएर यी वच्चाको पालन पोषण र शिक्षा दिशक्षाको समेत व्यवस्था गरेकी छन् ।

‘एक जना बच्चालाई मासिक ९ हजार खर्च लाग्छ । यसरी सवैको खर्च महिनामै ४ लाख रुपैयाँ छ । यी बच्चाहरु १ कक्षादेखि ९ कक्षासम्म अध्ययन गर्छन् । उनीहरुलाई काठमाण्डौको तारेकेश्वर नगरपालिका–१० लोकतान्त्रिकको शुभकामना बोर्डिङ स्कुलमा पढ्ने व्यवस्था गरिएको छ ।’ जुनुले भनिन् ।

यस्ता अनाथ बालबालिको संरक्षण सरकारले गर्नु पर्ने भए पनि एक नारीले गरिरहँदा सरकार, विदेशी दातृ निकाय र गैरसरकारी संस्थाबाट कुनै सहयोग छैन । पुनले ती बालबालिकाको लागि अहिलेसम्म घरपरिवार, सहयोगी नेपालीहरु र विदेशमा रहेका आफन्तको मायाँकैै भरमा खर्च व्यवस्थापन गरेकी छिन् । कसैले लत्ताकपडा, कसैले भाँडाकुँडा, कसैले खाद्यान्न, कसैले स्टेशनरी सामान र कसैले पैसा दिएर जुनुको संस्थालाई सहयोग गरिरहेका छन् ।

‘काम गर्दै जाँदा धेरै दुःख कष्टहरु भोग्नु परे पनि बाटोमा हिड्दा चिन्नेहरुले आमा कता हिन्नु भो ? भनेर बोलाउँछन्,’ उनले भनिन्, ‘तरकारी किन्न जाँदा साहुजीले के तरकारी लानु हुन्छ आमा आज बच्चाहरुलाई भन्छन् । बच्चाहरुले आमा नमस्ते ! आउनु भयो ? जुनु आमा नभएको भए हामीले पढ्न पाउँदैनथ्यौँ भन्दा सारा दुःखहरु विर्सन्छु ।’ जुनुले भनिन्, ‘यसैमा मेरो खुसी छ ।’

प्रतिक्रिया दिनुहोस्