२ जेष्ठ २०८१, बुधबार

 

कृषिमा टिक्नसके राम्रै आम्दानी हुन्छ – काकी

जिल्लाको ढोरपाटन नगरपालिका वडा न ३ सामा रिठाखोलाका मिहिनेति किसान रिम बहादुर कार्कीको परिवारले कृषि पेशाबाटै मनग्य आएका छन् ।

उमेरले ३८ पुगेका कार्कीले अहिले आफ्नो ४ रोपनी जग्गामा टमाटर,आलु,लौका,खुर्सानी,काँक्रा,सीमी,प्याज,लसुन,विभिन्न जातका सागँ लगायतका तरकारीहरु लगाएका छन् । २०६८ सालमा रु ७–८ हजार लगानीबाट व्यावसायीक रुपमा नै तरकारी लगाउदै आएका कार्कीले अहिले बार्षिक करिब २ लाख देखि २ लाख ५० हजार बराबरको आम्दानी गर्ने बताए ।

सुरुवाती अवस्थामा कृषि पेशामा टिक्न केहि अप्ठ्यारो थियो,पैसाको निकै अभाव हुन्थ्यो ,सुरु सुरुमा खास्सै आम्दानी भएन अहिले खुसी छु आफ्नै परिवार संग दुखमसुखम गरेकै छु कार्कीले भने । बुर्तिबाङ बजारमा अर्गानिक तरकारीको माग बढ्ढो रहेको बताउदै कार्कीले भने “उत्पादन गरेको तरकारी बजार पु¥याउन बोकेर लैजादाँ बढि समय लाग्छ यातायातका साधनहरु भनेको बेलामा पाइदैनन”उनले अगाडि थपे “ आफ्नै गाउँ ठाँउमा केहि गर्नुपर्छ भन्ने मान्यतालाई मनन गर्दै कृषि पेशालाई अगालेको हु अबको समयमा पनि कृषि पेशा नै अगाल्ने सोचमा छु”।

आफ्नो व्याबसायलाई थप गर्ने सोचमा रहेको बताउदै कार्कीले भने“ बजारमा तरकारी माग बढ्ढो छ खेतबारी बाझै छन सबै सहर उन्मुख छन तर पनि रोजगारीकै निम्ति दैनिक बिदेशिने युवाको सङ्ख्या उच्च रहेपनि गर्न सकको खण्डमा कृषिबाटै आफ्नै गाउँठाँउमा राम्रो आम्दानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्