२ जेष्ठ २०८१, बुधबार

 

तरकारी खेतीबाट मनग्य आम्दानी

गलकोट नरेठाटीको बयलीमा कृषकहरुले टमाटर खेति गरेरै लाखौ आम्दानी गर्न सफल भएका छन । थोरै घरपरिवार भएको बयलीमा कृषकहरु व्यवसायीक रुपमा टमाटरमा लागेका हुन । बयलीमा ४ जना कृषकले टमाटर खेति गरेरै बार्षिक लाखौ आम्दानी गर्दै आईरहेका गलकोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले बताए ।

‘टमाटरबाट वार्षिक ५, ६ लाख रूपैयाँसम्म आम्दानी गर्छु,’ स्थानिय कृषक शुशिला पुनले भनिन् । ‘मौसमी तथा बेमौसमी तरकारीले छोराछोरीको पढाइ र घरखर्च धानेको छ ।’ पुनले गत ४ बर्षदेखि व्यवसायीक रुपमा टमाटर सँगै तरकारी खेति गर्दै आएका छन् ।
२ बर्षसम्म प्लाष्टिक घरमा टमाटर खेति गर्दै आएकि पुनले त्यसपछि विभिन्न संद्य सस्थाको सहयोग पाएपछि हाईटेक टनेलमा व्यवस्थित तरिकाले टमाटर खेति गर्दै आएको पुनले बताए ।

उनका ३ ओटा हाईटेक टनेलमा टमाटर सँगै बोडि, तितेकरेला, साग, काक्रा लगायतका तरकारीहरु रहेका छन । तरकारी बाट समेत राम्रो आम्दानी हुने पुनको भनाई छ । त्यस्तै सोहि गाउका मन बहादुर पुनले समेत ब्यवसायीक रुपमा टमाटर खेति गर्दै आएकि छिन् ।
उनले प्लाष्टिक घरभित्र टमाटर खेति गर्दै आएको र बार्षिक एउटा टनेलबाट ६० हजार सम्म आम्दानी हुने बताए ।

हामीलाई बढि खानेपानी र सिचाईमा समस्या छ, पानीको व्यवस्था हुने हो भने त्यहाँका सबैजसो कृषकहरु ब्यवसायीक तरकारी खेतिमा लाग्ने पुनले दाबि गरे । त्यस्तै कृष्ण बहादुर पुनले समेत व्यवसायीक टमाटर खेति गरेका छन् । उनले हाल एउटा टनेलमा टमाटर खेति गरेका छन् । टमाटर खेटिबाट राम्रो आम्दानी हुने बुझेका पुनले अब केहि दिनमा अर्को टनेल निर्माण गर्ने बताए ।

पुन गाउमै राम्रो आम्दानी हुन थालेपछि दंग देखिनुभएको छ । यसैबिच गलकोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले यस बर्ष नरेठाटी बयलीमा व्यवसायीक रुपमा टमाटर र तरकारी खेति गरेका कृषकहरुलाई प्रोत्साहन गर्ने गरि योजना समावेश गरेको बताए ।
उनका अनुसार बयलीमा उत्पादनका हिसाबले अन्य ठाउमा भन्दा राम्रो हुने भन्दै उक्त ठाउका कृषकहरुलाई आधुनिक कृषितर्फ आकर्षित गर्ने गरि वाडले योजना बनाएको बताए ।

उक्त ठाउमा खानेपानी प्रमुख समस्या भए पनि त्यसको समाधान समेत छिट्टै हुने भण्डारीको भनाई छ । सड्क सञ्जालले जोडिएको बयलीमा तरकारी बजारीकरणका लागी कुनै समस्या नभएको नगरकार्यपालिका सदस्य तथा स्थानिय बिष्णु बिकले बताए । यहाँ हामीले उत्पादन गरेका कृषि सामाग्रीहरु बजारीकरणका लागी कुनै समस्या छैन बिकले भने । अब कृषकहरुलाई प्रोत्साहन गर्ने गरि योजनाहरु समावेश भए यहाँका कृषकहरु ब्यवसायीक तरकारी खेतिबाटै लाखौ आम्दानी गर्न सफल हुने उनको भनाई छ । बयलीमा टनेल बाहेक खुल्ला ठाउमा समेत तरकारी खेति राम्रो उत्पादन भएको छ ।

प्रतिक्रिया दिनुहोस्