७ जेष्ठ २०८१, सोमबार

 

बागलुङमा नेपाल सम्बत ११३९ मनाइयो

बागलुङ ।कार्तिक २२

नेपालीहरूकाे माैलिक सम्बतकाे रूपमा रहेको नेपाल सम्बत ११३९ बागलुङ सदरमुकाममा भब्य रूपमा विभिन्न सांस्कृतिक नाँच सहित मनाइयो ।

नेपाल भाषा मंका;खल बागलुङकाे अायाेजनामा सदरमुकाममा रहेका अन्य संघसंस्थाकाे सहकार्यमा नेपाल सम्बत ११३९ मनाउदै नेपाल सम्बत नेपालीको अाफ्नाे पहिचान बाेकेकाे सम्बत  भएर पनि यसलाई ब्यबहारिक रूपमा लागू गर्न नसक्नु दुखकाे कुरा भएको धारणा कार्यक्रममा बक्ताहरूले ब्यक्त गरेका थिए ।

शंखधर साखःले तत्कालीन समयमा लाएको जनताको ऋण माेचन गरेर जुन एैतिहासिक काम गरे त्यहीँ काम बाट प्रभाबित भएर नेपाल सम्बत शुरूवात गरेको तर अहिलेका शासक बर्ग राजनीति नेताहरूले नेपाली जनतामाथि ऋण माथि ऋण थुपार्ने काम गरेको कारण अहिले नेपाल गरिव राष्ट्र भएको बताउदै अहिलेका शासक वर्गले शंखधर बाट सिक्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ नेपाल भाषा मंका खलका पुर्व अध्यक्ष काजी गाउले श्रेष्ठ नेपाल जेसिजका अध्यक्ष अम्बिका बस्नेत  ज्ञानाेदय बुद्ध बिहारका बिकास कुमार शाक्य कार्यक्रमकाे अध्यक्षता नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी स्वागत मन्तब्य शंखधर बहुमुखी शहकारी संस्थाका अध्यक्ष रतन प्रसाद मलेपति संचालन नेपाल भाषा मंका खलका सचिव सुदिप राजभण्डारीले गरेका थिए ।

कार्यक्रममा नेपाल भाषा मंका खलका काेषाध्यक्ष बिदेश कुमार श्रेष्ठले नेपाल भाषा मंका खललाई दिगाे बनाउन ५० लाखकाे अक्षयकोष बनाउने निर्णय भएको कुरा जानकारी गराएका थिए ।

नेपाल भाषा मंका खलले नेपाल सम्बत ११३९ काे अबसरमा सामाजिक शैक्षिक क्षेत्रमा याेगदान पुर्‍याए बापत बागलुङ जेसिज शिव शाक्य र पुष्पना श्रेष्ठ भारीलाइ सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्