७ जेष्ठ २०८१, सोमबार

 

बासखोलामा विद्युत सर्ट हुने जोखिमले स्थानीय क्रसित

 बागलुङ । गलकोटको बासखोलामा विद्युतीय जोखिम बढेपछि स्थानीयबासी क्रसित बनेका छन् ।

मध्यपहाडी लोकमार्गको सडक छेउमा टान्सफर्मर भएको हुदाँ जोखिम बढेको हो । कुनै समय उक्त स्थानमा ठुलै दुर्घटना हुनसक्ने भन्दै स्थानीयहरु क्रसित बनेका छन् ।

मध्यपहाडी लोकमार्गमा कालोपत्रे भएसँगै सवारी साधनको गति तिब्र हुने र उक्त स्थानमा घुम्टी पर्ने हुदाँ सडकको छेउमै भएको टान्सफर्मरमा ठोकिने प्रबल सम्भावना भएको स्थानिय चिराग रानाले बताए ।

आफुहरुले पटक पटक यस बिषयमा आवाज उठाए पनि सुनुवाई नभएको स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्