७ जेष्ठ २०८१, सोमबार

 

आमा बाबाको स्मृतिमा एक करोडको सभाहल निर्माण

बागलुङ  । स्वर्गीय आमा बाबाको स्मृतिमा यहाँका एक परिवारले तिरुपती बालाजीधामको मन्दिर परिसरमा एक करोडको सभाहल निर्माण गरिदिएका छन् ।
बागलुङ नगरपालिका ३ का  समाजसेवी  सहदेव राजभण्डारी, आनन्द प्रकाश राजभण्डारी तथा डा.शेखर राजभण्डारीले स्वर्गीय आमा बाबाको स्मृतिमा बालाजीधाममा  सभाहल निर्माण गरिदिएका हुन् ।
कुडँुलेमा रहेको तिरुपती वालाजीधाममा आउने झक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गर्दे स्वर्गीय आमा विद्यालक्ष्मी राजभण्डारी तथा बाबा टिका बहादुर राजभण्डारीको स्मृतिमा सभाहल निर्माण गरिएको सहदेव राजभण्डारीले बताए ।
सभाहलमा छाइएको ताम्रापत्र मात्र २८ लाख बराबरको भएको र प्रवेशद्वारमा १५ लाखको गरुण स्तम्भ निर्माण भइरहेको बालाजीधामले जनाएको छ । सभाहलको २०० बढी भक्तजनहरु अटाउन सक्ने क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्