८ जेष्ठ २०८१, मंगलवार

 

सुदूरपश्चिममा भुकम्पको धक्का

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा आज (मंगलबार) बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।
भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलब ६ रिक्टर स्केलको पराकम्प गएको हो। यसअघि चैत ४ मा भारत र चीनको सीमा नजिक दार्चुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार तीन पटक पराकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्