५ जेष्ठ २०८१, शनिबार

 

भुजीखोलामा आएको बाढीमा परी ११ जनाको शव फेला , ३६ जना अझै बेपत्ता

ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । ३६ जना बेपत्ता भएका छन् । राति करिब १२ बजे ढोरपाटन नगरपालिका ९ वोवाङको देउरालीमा भिषण पहिरो गएपछि भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० भन्दा बढी घर बगाएको छ ।

अहिलेसम्म बाढीमा परेर मृत्यु भएका ११ जनाको शव फेला परेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनु भयो । मृतक मध्य ढोरपाटन नगरपालिका वडा नम्वर ९ की २६ वर्षिया केशमाया पुनको पहिचालन भएको छ । शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको हो ।

ढोरपाटनको वडा नम्बर ६,७ र ८ मा नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य शुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । वढि तथा घटनाको निरिक्षण गर्न गृहमन्त्री राम वहादुर थापा सहतिको टोली हेलिकप्टर मार्फत बागलुङ आउने तयारी भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले वताए । प्रजिअ सहितको टोली घटना स्थल तर्फ जादै छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार बाढीमा बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका ९ बस्ने ३५ वर्षीया कौशला पुन, उनको ६ वर्षीय छोरा हिक्मत पुन, ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, २८ वर्षीया कुमारी बि.क., १९ वर्षीया पुतली बि.क., ३२ वर्षीया करमती घर्ती मगर, ३५ वर्षीया रीना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उनको ६ वर्षीय छोरा रहेका छन् ।

यसैगरी ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन, गलकोट नगरपालिका( ४ घर भई ढोरपाटन घुम्न गएको २४ वर्षीय नविन भण्डारी बेपत्ता भएका छन् भने भण्डारी सँगै घुम्न गएका अन्य ३ जना सकुशल रहेको प्रहरी नायव उपरीक्षक रेग्मीले जानकारी दिए ।

बाढीले सडक छेउमा पार्किङमा राखेको जीप, २ वटा विद्युत गृह, स्वास्थ्य चौकी भवन, एक वटा झोलुङ्ले पुल, ढोरपाटन ९ को सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भवनसमेत बगाएको छ । बाढीले सडक छेरमा पार्किङमा राखेको जीप, दुई वटा विद्युत गृह, एक वटा झोलुङ्ले पुल, दुई वटा विद्यालय भवनसमेत बगाएको छ ।

ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालयसमेत बाढीले बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्